क्रिष्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड, जिते इटालियन सुपर कप

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी, माघ ८ गते । वर्तमान फुटबल जगतका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलको इतिहास रचेका छन् । उनले फुटबल करियरमा सबैभन्दा बढी ७६० गोल गरेका छन् । उनले चेक–अष्ट्रियन स्ट्राइकर जोसेफ बिकानको ७५९ गोलको रेकर्ड तोडेका छन् । युभेन्ट्सलाई बुधबार राति इटालियन सुपर कप फुटबलको उपाधि दिलाउने क्रममा आफूले व्यक्तिगत रेकर्ड राखेका हुन् ।
बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो । उक्त क्रममा रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।
खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै रेकर्ड राखेका थिए । पोर्चुगलका ३५ वर्षीय स्टार रोनाल्डोले युभेन्ट्सलाई नवौं पटक सुपर कपको उपाधि दिलाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *