कोरोनाभाइरसः लकडाउन बैशाख ३ सम्म लम्ब्याउने सरकारको निर्णय

नेपाल मुख्य समाचार स्वास्थ्य

सरकारले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै दुई साताअघि देखि अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको जारी अधिवेशन पनि अब अन्त्य गर्न सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। दुई दिनअघि सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन भन्दै एउटा स्थानीय तहबाट अर्को स्थानीय तह र एउटा प्रदेशबाट अर्को प्रदेशमा आवतजावत गर्न प्रतिबन्ध लगाएको थियो। एकै दिन तीनजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सरकारले लकडाउनलाई कडा ढङ्गले लागु गर्ने निर्णय गरेको थियो। यसअघि सरकारले सातरसात दिनको गरी दुई पटक लकडाउनसम्बन्धी निर्णय गरेको थियो।
पछिल्लो निर्णय अनुसार मङ्गलवार राति १२ बजे लकडाउनको अवधि सकिँदैछ। नेपालमा हालसम्म नौ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएकोमा एकजना निको भई घर फर्किसकेका छन् भने बाँकी आठजना उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *