गण्डकी प्रदेशः नवलपुरका थप १८ र पर्वतका ३ जनामा कोरोना पुष्टि

पोखरा, असार ३ । गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले दिनुभएको छ । गण्डकीको नवलपुरमा १८ जना र पर्वतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरकाको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिका १ जना र पालिका […]

पुरा पढ्नुहोस् ...

कोरोनाको उपचारमा अत्यन्तै प्रभावकारी औषधि पाइयो

पोखरा, असार २ गते । कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर भएका बिरामीका लागि जीवन दिने एउटा सस्तो र सर्वव्यापी रुपमा उपलब्ध हुने औषधि उपयोगी हुने प्रमाणित भएको छ । बेलायती विज्ञरूरुका अनुसार “डेक्जामिथासोन” स्टेरोइडको थोरै खुराक कोरोनाभाइरस बिरामीको उपचारमा महत्वपूर्ण सफलता लिएर आएको छ । कोरोनाभाइरसको उपचारमा उपयोगी हुन सक्ने सम्भावनाका बीच डेक्जामिथेसोन विश्वकै सबैभन्दा ठूलो ट्रायल […]

पुरा पढ्नुहोस् ...

कोरोनाभाइरसः थप ४२५ सङ्क्रमित, कुल सङ्ख्या ५७६०, थप एकको मृत्यु

पोखरा, जेठ ३२। नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभएको हो । त्यस्तै आज ६ जना डिस्चार्ज भएसँगै हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् […]

पुरा पढ्नुहोस् ...

नेपालमा थप २७३ जना सङ्क्रमित, कुल सङ्क्रमितको सङ्ख्या ५३३५

पोखरा, जेठ ३१ । नेपालमा थप २७३ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँचहजार ३३५ पुगेको छ ।नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भाइरसका कारण दुईजनाको मृत्युभएको छ । योसँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः नेपालमा संक्रमित संख्या ५ हजार माथी पुग्यो थप ४४८ सङ्क्रमित

लाईट न्युजपोखरा, जेठ ३०। नेपालमा कोरोना भाइरसबाट थप ४४८ सङ्क्रमित सँगै सङ्क्रमितहरुको कुल सङ्ख्या पाँचहजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार थप सङ्क्रमित हुनेमा ४२४ र महिला २४ छन् । कुल सङ्क्रमित हुनेमा चारहजार ७०९ र ३५३ रहेका छन् । नयाँ १६ जना डिस्चार्जआज थप […]

पुरा पढ्नुहोस् ...

मणिपाल अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना, गण्डकी प्रदेशमा ३७ जना संक्रमित थपिए

पोखरा, जेठ ३० । पोखराको मणिपाल अस्पतालमा उपचाररत पर्वत कुस्मा नगरपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन। उनले उनी के का विरामी हुन् र अहिले अवस्था कस्तो छ भने जानकारी खुलेको छैन। त्यसैगरी गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यो […]

पुरा पढ्नुहोस् ...

कोरोनाका थप २७९ सङ्क्रमित, कुल सङ्ख्या ४३६४ पुग्यो

पोखरा, जेठ २८। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएअनुसार नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । पछिल्लो नतिजा अनुसार २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित […]

पुरा पढ्नुहोस् ...

जुम्लामा कोरोना जितेर १८ जना घर फर्किए

पोखरा, जेठ २७। जुम्लामा कोरोना संक्रमित १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको हो ।प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनिहरुले खुशी व्यक्त गरेका छन् । उनिहरुलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी […]

पुरा पढ्नुहोस् ...

कोरोनाबाट थप ३१४ सङ्क्रमित, कुल सङ्ख्या ३७६२, निको ४८८, मृत्यु १४ जना पुग्यो

पोखरा, जेठ २६। नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएको छ । त्यसैगरी, थप २१ […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप एक जनालाई कोरोना संक्रमण

पोखरा, जेष्ठ २६ । पोखरा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बिहान कोरोना संक्रमण पुष्टि भएका पोखरा नयाँबजारका ४२ बर्षीय पुरुष हुन । संक्रमित पुरुष पोखराको क्वारेन्टाइनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी थिए ।पोखरा यस अगाडी पोखरामा दुई जनामा कोरोना संक्रमण देखिएको थियो भने कास्कीमा […]

पुरा पढ्नुहोस् ...

गण्डकीमा ३८ संक्रमित थपिए , कुल १सय १३ पुग्यो

पोखरा, जेठ २५ । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।स्याङजाको वालिङ नगरपालिका र भिरकोट […]

पुरा पढ्नुहोस् ...

नेपालमा कुल संक्रमित सङ्ख्या ३२३५ पुग्यो, निको कुल ३६५, थप दुई जनाको मृत्यु

पोखरा, जेठ २४ गते । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको जानकारी अनुसार नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या ३२३५ पुगेको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा मोरङ २, सुनसरी ४, सप्तरी १, नवलपरासी ३, बाँके १२, बर्दिया २८, कास्की ३, स्याङ्जा १०, बाग्लुङ १, सुनसरी १, सप्तरी […]

पुरा पढ्नुहोस् ...

कास्कीका तीनजनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुग्यो

पोखरा, जेठ २४ । कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरी गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।गण्डकी स्वास्थ्य निर्देशनालयकाअनुसार शनिबार स्याङ्जाका १०, कास्कीका ३, नवलपरासीका ३ र बागलुङका […]

पुरा पढ्नुहोस् ...

थप २७८ सङ्क्रमित, कुल सङ्ख्या २९१२ पुग्यो, निको हुनेको संख्या ३३३, मृतक संख्या ११

पोखरा, जेठ २३ । नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएअनुसार नेपालमा शुक्रबार कोरोना भाइरसका २७८ सङ्क्रमित थपिएका छन । यो सँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेको छ । शुक्रबार ४३ जना थप डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ । त्यस्तै […]

पुरा पढ्नुहोस् ...