कोरोनाबाट थप ३१४ सङ्क्रमित, कुल सङ्ख्या ३७६२, निको ४८८, मृत्यु १४ जना पुग्यो

मुख्य समाचार स्वास्थ्य

पोखरा, जेठ २६। नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएको छ । त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएको छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *