बिहिबारदेखी सार्वजनिक यातायात संचालन हुने
पोखरा साउन ६। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले आउँदो बिहिबार साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । मंगलबारको पत्रकार सम्मेलनमार्फत महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको हुन। सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । तर व्यवसायीले विभिन्न माग राख्दै यातायात सञ्चालन गर्न आनाकानी गरेका थिए । तर राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवसायीका कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा लागेका हुन।