श्वेत अमेरिकीहरु वर्षौदेखिको जातिय भेदभावको लागि अश्वेतहरुसँग येशूको नाममा क्षमा माग्दै

अन्तराष्ट्रीय खबर मुख्य समाचार सुसमाचार

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा ४६ वर्षिय अफ्रिकन अमेरिकन जर्ज फ्लोइडको मृत्यु भएपछि चर्किएको आन्दोलनको दौरानमा श्वेत मानिसहरुको समुह (गोरा मानिसहरु)ले आँशुसाथ, क्षमा माग्दै घुडा टेकेर प्रार्थना गरिरहेको भिडियो भाइरल बनेको छ ।
अमेरिकनहरु एउटा घरमा भेलाभएर वर्षौँदेखिको जातिय विभेद र जर्ज फ्लोइडको परिवारको निम्ति प्रार्थना गरेका हुन । प्रार्थनाको दौरान उनीहरुले घुँडा टेक्दै यसो भने, “ पिता हामी वर्षौँदेखिको जातियविभेदको निम्ति हाम्रा अश्वेत भाइहरुसँग क्षमा माग्दछौँ ।” भाइरल भएको उक्त क्लिपमा एकजनाले हामी हाम्रा अफ्रिकन अमेरिकन दाजुभाईहरुको अगाडी घुँडा टेक्छौँ पनि भनेका छन । त्यस्तै फ्लोइडलाई श्रद्धान्जली दिँदै कतिजना रोएको पनि भिडियोमा छ ।
त्यसैगरी रोचक अनि शक्तिशाली क्षण त्यतिबेला भयो जब उनीहरुले प्रार्थना गर्दा अश्वेत मानिसहरुले पनि क्षमा दिई प्रार्थनामा सहभागी भए ।

फ्लोइडको देहान्त पछि आन्दोलन धेरै जनाको समर्थन रहेको छ । अर्को भिडियो क्लिपमा पोर्टल्यान्डका पुलिस घुँडा टेकेर ‘Black Lives Matter’ नामक अभियानमा समर्थन गरेका छन जसको सवत्र प्रशंसा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *