तनहुँका थप दुईजनामा कोरोना संक्रमण
पोखरा, जेठ २३ । तनहुँको ऋषिङ गाउँपालिका घर भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको छ । ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । उनीहरुलाई तनहुँकै अस्पतालमा आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।