प्रिमियर लिग: महरेजको ह्याट्रिकमा सिटीको जित, लिभरपुल र ब्राइटनको बरबरी खेल

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्रन्लीलाई ५–० ले हराएको छ। सिटीको जितमा महरेजले ह्याट्रिक गरे। मेन्डी र टोरेसले एक–एक गोल गरे। प्रिमियर लिगमा नै लिभरपुलले भने ब्राइटनसँग १–१ को बराबरी खेलेको छ।
ब्रन्लीविरुद्ध पाँच गोलको जित दिलाउँदा महरेजको ह्याट्रिक सिटीमा उनको पहिलो ह्याट्रिक हो। उनले खेलको छैठौँ, २२औँ र ६९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको ४१औँ मिनेटमा मेन्डी र ६६औँ मिनेटमा टोरेसले गोल गरे। यो सिजन यसअघिका आठ प्रिमियर लिग खेलमा १० गोल मात्र गरेको सिटीका लागि ब्रन्लीविरुद्धको खेल जितका साथै गोलका कारण पनि विशेष रह्यो। जितसँगै सिटी १५ अंकसहित अंक तालिकाको आठौँ स्थानमा छ।
यस्तै प्रिमियर लिगमा नै लिभरपुलले भने ब्राइटनसँग १–१ को बराबरी खेलेको छ। खेलको २०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसके पनि ब्राइटनले अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्न सकेको हो। त्यसअघि खेलको ६०औँ मिनेटमा लिभरपुलका जोटाले गोल गरेका थिए।
बराबरीपछि पनि १० खेलमा २१ अंक रहेको लिभरपुल अंक तालिकामा शीर्ष स्थानमा छ। एक खेल कम खेलेर २० अंक रहेको टोटनह्याम दोस्रो स्थानमा रहेको छ। आइतबार टोटनह्यामले चेल्सीसँग खेल्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *