![](https://lightnews.com.np/wp-content/uploads/2020/06/ird.jpg)
कर बुझाउने म्याद असार ७ गतेसम्म थप
पोखरा, २१ जेठ । चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको छ । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो ।विभागले विश्वव्यापाी रुपमा फैलिएको कोराना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण सो म्याद थप गरिएको जनाएको छ ।
![](https://lightnews.com.np/wp-content/uploads/2020/06/revinue_press-517x1024.jpg)