कोरोना खोपमा सुंगुरको मासु प्रयोग, धार्मिक समुदायमा विवाद
एजेन्सी । एकतर्फ कयौं कम्पनिहरु कोभिड १९ खोप तयार गर्न जुटेका छन् र कयौं देश प्रभावकारी तथा सुरक्षित खोप हासिल गर्ने तयारी गरिरहेका छन् । अर्को तर्फ केही धार्मिक समुह खोपमा प्रयोगमा भएका कच्चा पदार्थलाई लिएर विवाद उठाइरहेका छन् । ती धार्मिक समुहले धार्मिक रुपमा प्रतिबन्धित सुंगुरको मासुले बनेका बस्तुलाई लिएर आपत्ती जनाएका छन् । यसले खोप अभियानमा बाधक बन्न सक्ने आशंका उत्पन्न गराएको छ । सुंगुरको मासुको प्रयोग गरी बनाइएको कोभिड १९ खोप इस्लामिक कानुन अन्तर्गत जायज हो होइन भन्ने कुरालाई लिएर विश्वका इस्लामिक धर्मगुरुहरुबीच असमजंस्यता बनेको छ ।
खोपको भन्डारण र पखाल्ने क्रममा त्यसको सुरक्षा र प्रभावकारिता कायम राख्न सुंगुरको मासुबाट बनेको जिलेटिन ब्यापक रुपमा प्रयोग गरिरहेको छ । केही कम्पनीले सुंगुरको मासु बिन खोप विकसित गर्नमा कयौं बर्ष सम्म काम गरिसकेका छन् । स्विजरल्यान्डको औषधी कम्पनी नोवारटिसले सुंगुरको मासु प्रयोग बिना मेनेन्जाइटिस खोप तयार गरेको थियो । त्यसैगरी साउदी र मलेसिया स्थित कम्पनी एजे फार्माले पनि त्यस्तै खोप बनाउने प्रयास गरिरहेको छ ।
यद्यपी फाइजर, मोडेर्ना र एस्टाजेनेकाका प्रवक्ताले उनीहरुको कोभिड १९ खोपमा सुंगुरको मासुबाट बनेका बस्तुको प्रयोग नगरिएको बताएका छन् । तर कयौं कम्पनी छन् जसले उनीहरुको खोपमा सुंगुरको मासुबाट बनेका बस्तुको प्रयोग गरेको छ वा छैन भन्ने विषयमा स्पष्ट पारेका छैनन् । त्यसैले इन्डोनेसिया जस्ता धेरै मुस्लिम आवादी देशमा चिन्ता बढेको छ ।
बेलायतको इस्लामिक मेडिकल एसोसिएसनका महासचिव सलमान वकारवे भनेका छन् , अर्थोडक्स यहुदी र मुसलमान सहित विभिन्न धार्मिक समुदायमा खोपमा प्रयोग भएका बस्तुलाई लिएर अन्यौलताको स्थिति रहेको छ । जसले सुगुरको मासुबाट बनेका बस्तुको प्रयोग धार्मिक रुपमा अपवित्र मानिन्छ ।
सिडनी विश्वविद्यालयका सहायक प्रोफेसर हरनुर राशिदले खोपमा पोर्क जिलेटिनको उपयोगमा अहिलेसम्मको विभिन्न परिचर्चामा इस्लामिक कानुन अन्तर्गत स्विकार्य भएकोमा आम सहमति बनेको छ । किनभने यदि टिकाको उपयोग नगर्ने हो भने धरै नै नोक्सान हुनेछ ।
इजरायलको राबाइ संगठन जोहरका अध्यक्ष राबाइ डेविड स्टेवले भने, ‘यहुदी कानुन अनुसार संगुरको मासु खानु वा यसको प्रयोग त्यतिबेला जायज हुन्छ जब यसको बिना कामै थप्प हुन्छ । यदि यसलाई इन्जेक्सनका रुपमा लिइन्छ र खाइन्दैन भने यो जायज छ । यसमा कुनै समस्या छैन । विरामी भएको अवस्थामा यसको प्रयोग विशेष रुपमा जायज छ ।’