अमेरिका निर्वाचन २०२०ः चुनावि अभियानमा कति खर्च हुन्छ, त्यो रकम कँहाबाट आँउछ  ?

अन्तराष्ट्रीय खबर आर्थिक मुख्य समाचार समाचार

एजेन्सी। सन २०१६ को निर्वाचन अभियानमा ६.५अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । अहिलेको निर्वाचन अलिकति फरक छ तैपनि ठुलो रकम र्खच भईरहेको देखिन्छ । विगतमा पाँचवटा निर्वाचनमा उम्मेदवारहरुले औसत २ अर्ब डलरभन्दा बढी खर्च गरेको देखिन्छ ।  यसको आधारभन्दा बढी प्रायःसंचार माध्यममार्फत प्रचार गर्न खर्च हुन्छ ।

टिभि विज्ञानहरु मंहगा हुन्नछन् ।  तर डिजिटल विज्ञानले पनि प्राथमिकता पाएको छ , त्यसपछि कर्मचारिहरुको तलब ।  निर्वाचन अभियानमा पनि निकै खर्चालु हुन्छ ।  सबै निर्वाचन अभियानमा सरदर ४ अर्ब डलर खर्च भैइसकेको छ ।

त्यत्रो पैसा कँहाबाट आउँछ ?

अधिंकाश रकम चन्दाबाट आउँछ । उम्मेदवार र दलहरुले चन्दा संकलनको लागि समितिहरु बनाउँछन ।

चुनावी अभियानको खर्चबारे केहि नियमहरु छन् 

अमेरिकी नागरिकले मात्र चन्दा दिन पाउने ।
एक व्यक्तिले कुनै उम्मेदवारलाई २,८०० डलर भन्दा बढी दिन पाउदैन तर दलको कोषमा बढी दिन पाइन्छ ।
पिएसीएस भनिने स्वतन्त्र समुहहरुले असीमीत रकम संकलन गरेर राजनितिक गतिबिधि खर्च जुटाइदिन सक्छन्, तर ती समुहले कुनै उम्मेदवारसंग प्रत्यक्ष समन्वय गर्न पाउँदैनन् ।
अमेरिकामा राजनितिक अभियानमा कति खर्च गर्न पाइन्छ भन्ने कुनै सीमा तोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *