थप १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२, ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

नेपाल मुख्य समाचार स्वास्थ्य

पोखरा, जेठ १६ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

त्यस्तै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ। जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *