आजदेखि त्रिविका सबै क्याम्पस खुल्ने, भदौँ ७ बाट परीक्षा सुरु हुने

नेपाल बिबिध मुख्य समाचार

पोखरा, साउन ७ गते । सरकारले कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय गरको कारण त्रिभुवन विश्वविद्यालय पनि आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ ।
यसैवीच, विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौँ ७ गतेबाट सुचारु गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.पेशल दाहालले जानकारी दिनुभयो । स्थगित परीक्षा दशैँ अघि सक्ने र दशैँपछि अन्य नियमित परीक्षा गर्ने तयारी त्रिविको छ ।
विश्वविद्यालयले क्याम्पस सञ्चालन गर्ने निर्णय गरेसँगै विदामा बसेका अध्यापकहरुलाई पनि बोलाउने निर्णय गरेको छ । विश्वविद्यालयका अध्यापकहरुलाई दिइएको विदा समेत सकिएको र अव क्याम्पसमा हाजिर हुनुपर्ने भएको छ । त्यसैगरी क्याम्पसमा नियमित पठनपाठन र परीक्षा बाहेक अन्य गतिविधि नियमित गरिनको लागि विश्वविद्यालयका अध्यापकहरुलाई बोलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *