मणिपाल अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना, गण्डकी प्रदेशमा ३७ जना संक्रमित थपिए

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, जेठ ३० । पोखराको मणिपाल अस्पतालमा उपचाररत पर्वत कुस्मा नगरपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन। उनले उनी के का विरामी हुन् र अहिले अवस्था कस्तो छ भने जानकारी खुलेको छैन। त्यसैगरी गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमित संख्या १८८ पुगेको छ । १ जनाको मृत्यु भएको छ भने ११ जना निको भएका छन ।
संक्रमण देखिनेमा स्याङजामा २२ जना, पर्वतमा १३ जना, तनहुँ र नवलपुरमा एक एक जना रहेका छन । गण्डकी प्रदेशमा स्याङजामा ६० जना, बागलुङ जिल्लामा ४० जना, नवलपुरमा ३८ जना, गोरखामा १५ जना, पर्वतमा २२ जना, कास्कीमा ५ जना, तनहुँमा चार जना, म्यादीमा तीन जना र लमजुङमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये अहिलेसम्म मनाङ र मुस्ताङमा एउटा पनि संक्रमित व्यक्ति देखिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *