गण्डकी प्रदेशः नवलपुरका थप १८ र पर्वतका ३ जनामा कोरोना पुष्टि

मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, असार ३ । गण्डकी प्रदेशमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले दिनुभएको छ । गण्डकीको नवलपुरमा १८ जना र पर्वतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरकाको हुप्सेकोट गाउँपालिकाका १४ जना मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिका १ जना र पालिका नखुलेका १ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरु १६ देखी ३७ बर्ष समुहका पुरुष रहेको उनले जानकारी दिए । त्यसै गरि पर्वतको फलेबास नगरपालिकाका २ पुरुष र एक महिलामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
नवलपुर पर्वतमा संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय ४७ जना पुगेका छन् । गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको अहिले सम्म मृत्यु भएको छ । नयाँ सङ्क्रमण पुष्टि भएकामध्ये नवलपरासीकालाई रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा स्थापना गरिएको र पर्वतका सङ्क्रमितलाई पर्वतमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा उपचारका लागि लैजाने तयारी भइरहेको छ । यो सँगै पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा नवलपरासी पूर्वमा ६६, स्याङ्जामा ६४ जना, बागलुङमा ४१ जना, पर्वतमा २९ जना, गोरखामा २५ जना, तनहुँमा ११ जना, कास्कीमा सात जना, म्याग्दीमा तीन जना र लमजुङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *