विश्व च्याम्पियन फ्रान्सले जित्यो ४ अर्ब १५ करोड
दोस्रो पटक विश्वकप जित्ने क्रममा फ्रान्सले ३८ मिलियन डलर (करिब ४ अर्ब १५ करोड रूपैयाँ) नगद पुरस्कार हात पारेको छ ।
फाइनलमा पराजित भएको क्रोएसियाले २८ मिलियन डलर (३ अर्ब ५ करोड रुपैयाँ) जितेको छ । प्रतियोगिताका जम्मा ३२ टिमलार्इ फिफाले ४०० मिलियन डलर (४६ अर्ब ६३ करोड रुपैयाँ) दिइएको छ।
तेस्रो भएको बेल्जियमले पुरस्कारस्वरूप २४ मिलियन डलर (२ अर्ब ६१ करोड रुपैयाँ) र चौथो नम्बरमा रहेको इङ्ग्ल्यान्डलार्इ २२ मिलियन डलर (२ अर्ब ४० करोड रूपैयाँ) मिलेको छ।
क्वार्टर फाइनलमा हारेका उरुग्वे, ब्राजिल, स्वीडेन र रूसको भागमा १६-१६ मिलियन डलर (एक अर्ब ७५ करोड रुपैयाँ) परेको छ ।
अर्कातिर प्रिक्वार्टर फाइनलमा हारेका अर्जेन्टिना, पोर्चुगल, डेनमार्क, स्पेन, मेक्सिको, जापान, स्विट्जरल्यान्ड र कोलम्बियाको टिमलार्इ १२-१२ मिलियन डलर (१ अर्ब ३० करोड रूपैयाँ) दिइएको छ ।
यसका अलावा ग्रुप स्टेजबाट बाहिरिएका टिमलार्इ पनि ८-८ मिलियन डलर (करिब ८८ करोड रुपैयाँ) नगद दिइएको छ । विश्वकपका लागि छनोट भएका हरेक टिमलार्इ १.५ मिलियन डलर (करिब १६ करोड ३७ लाख रुपैयाँ) तयारीका लागि दिइएको थियो । फिफाले क्लब बेनिफिट प्रोग्राममार्फत् खेलाडीलार्इ विश्वकपका लागि क्लबबाट रिलिज गराएकोमा सदस्य देशलार्इ २०९ मिलियन डलर (२२ अर्ब ५० करोड रूपैयाँ) दिएको थियो ।
क्रिकेट विश्वकपसँग तुलना गर्ने हो भने फुटबल विश्वकप जित्दा ३९ गुणा धेरै रकम विजेता टिमलार्इ दिइयो । क्रिकेट विश्वकपमा सन् २०१५ मा १ करोड डलर (करिब एक अर्ब ९ करोड रूपैयाँ) पुरस्कार दिइएको थियो ।
सन् २०१५ मा रग्बी विश्वकपमा जितेको न्युजील्यान्डको टिमलार्इ ४१ करोड रूपैयाँ ४१ लाख रुपैयाँ मिलेको थियो ।