दम्पतीको सम्बन्ध कस्तो हुनुपर्दछ ?

लेख / रचना

                                                                            -एलान आचार्य र प्रतिक्षा प्रधान (आचार्य) धनगडी

वास्तवमा विवाहको सम्बन्धमा मानिसहरु अनुुसार हेर्ने दृष्टिकोण विलकुलै फरक हुन्छ । हरेक मानिसलाई जीवन साथीको आवश्यकता पर्दछ । संसारमा सबैको निम्ति सुहाउँदो जोडी बनेर नै आएका हुुन्छन । संसारको सबैभन्दा पहिलो संस्था नै विवाह भनिएको छ । जसले विवाह स्थापना गर्नुभयो उहाँले नै विवाहको लागि आवश्यक सर्तहरु पनि तोकिदिनुभएको छ । ति सर्तहरु ध्यान तथा होशियारीसाथ जबसम्म पालना गरिंदैन तवसम्म विवाहले आशिषमय बाटो हासिल गर्न सक्दैन । दुइवटा अलग अलग शरिर उत्तम करारद्वारा एउटै शरिर बन्नलाई उचित सर्तहरुमा केन्द्रित दाम्पत्य जीवन नै सफल विवाहित जीवन मानिन्छ हाल साना साना कुरामा दम्पतीहरुले सम्बन्ध विच्छेद गर्दछन् । अति विकसित मूलुकतिरको अवस्था हेर्ने हो भने विवाहलाई आफ्नो मर्जीको खेल बनाईएको छ । यूरोपतिर कतिपयको विवाह केही दिन त के केही घण्टामा समेत टुट्ने गरेका छन् । दुःख लाग्दो कुरा समयको विकास संगै मानिसहरुले विवाहलाई हेर्ने दृष्टिकोण बदलिंदै गइरहेको पाउँदछौं । अहिले विवाहमा प्रशस्त मात्रामा विवाह भित्र समस्या तथा विकृति फैलिंदै गएको नकार्न मिल्दैन । हाल दम्पतीहरुमाझ धेरै पारपाचुके तथा अन्य अफेयरका मामलाहरु चुलिंदै गएका कुराहरु चुनौतिको विषय नै बन्न पुगेको छ । जसले आज समाजमा धेरै नराम्रा विकृतिहरु फैलाईरहेको छ साथै नयाँ सन्तानहरुमा पनि धेरै समस्या फैलाईरहेको छ ।

विवाहित दम्पतीको सम्बन्ध कस्तो हुनुपर्दछ ?
1.Transparent (स्पष्ट)

धेरै जोडीहरु विवाहमा वा सम्बन्धमा स्पष्ट देखिंदैनन् । दम्पतिले आफ्ना समस्या तथा चुनौतिहरु एकअर्कामा स्पष्ट राख्न सक्नु पर्दछ । जव वैवाहिक जीवनमा स्पष्टता हुन्न त्यो विवाह शंकै शंकामा डुबिरहेको हुन्छ । आफ्ना दुःख, समस्याहरु, खुशी, आनन्द तथा जोखिमहरुलाई स्पष्टरुपमा आफ्ना दम्पति माझमा सेयर गर्नुहोस् । स्पष्ट व्यवहारले शंकालाई हटाउँदछ ।
2. Interdependent (अन्तरनिर्भर)

दुई अलग शरिर एक हुनुपर्ने सम्बन्ध दाम्पत्य सम्बन्ध भएको कारण आफुुमा मात्र निर्भर रहने बानी नराम्रो बानी हो । एक अर्कामा निर्भर हुन आवश्यक हुन्छ । हामीले संगसंगै हिड्नको लागि हामीले पाएकोे जिम्मेवारीमा एकअर्कामा निर्भर भएर हिड्नु पर्दछ जसरी मोटरसाईकलका दुईवटै पांग्रा एकसाथ चल्छन त्यसरी नै ।
3Trust (भरोषा)

भरोषा भएन भने त दाम्पत्य जीवन नरक बन्न जान्छ । भरोषा यस्तो कुराहो जसको आडमा हामी एक अर्कामाथि विश्वास राख्छौ र धोका नदिने वातावरण वनाउँछौं । धेरै दम्पतीहरुले एक अर्कामा भरोषा तोडेको कारण हत्याहिंसाको समेत सिकार भएका घटनाहरु हामीले प्रशस्तै देखेका छौं ।
4. Mutual Respect (समान आदर)

धेरै परिवारमा झगडा तथा वैमनस्यता देख्न सक्छौ कारण समान आदर नगरेको कारण । कहिले पनि आफ्नो दम्पतीलाई अरुकोही व्यक्ति सँग तुलना नगुर्नहोस् । एक अर्कालाई कहिले पनि होच्याएर नबोल्नुहोस् । प्रेम भाषाको प्रयोग गर्नुहोस् । एक अर्कालाई आदर नगर्ने दम्पतीहरुले अनुशाशित सन्तान हुर्काउन सक्दैनन् । तँ भन्दा म के कम भन्ने भावनाले दम्पतीको जीवन कलहमा वित्न पुग्छ । दम्पती एकअर्कासंग प्रतिसपर्धा गर्न नभएर मान्यताक्रमलाई पालना गर्नलाई हो । हामीले एक अर्कालाई आदर गर्नु पर्दछ । आदर र प्रेमको अन्तरसम्बन्ध देख्न सकिन्छ । प्रेम गर्ने व्यक्ति नै आदरको योग्य हुन्छ । श्रीमतिले आदर गरेको कारण श्रीमानले उसलाई वेहद प्रेम गर्नु पर्दछ । आदर र प्रेम दाम्पत्य जीवनमा संगसंगै हुनुपर्दछ ।
5. Equal Responsibility (समान उत्तरदायित्व)

धेरै जना दम्पतीहरु घर तथा छोराछोरीहरुको समान उत्तरदायित्व वहन गर्दैनन् । यस्तो बानी साह्रै नराम्रो वानी हो । यो त कलहको विउ नै हो । एक अर्काको सहारा तथा भार उठाउने व्यक्ति बन्नुहोस् । असमान तथा असन्तुलित जिम्बेदारीले परिवार चल्न कठिन हुन्छ । मिलेर भार उठाउनुहोस । परिवार तथा काम प्रति समान दायित्व दुवै जनाको हुनु पर्दछ । दम्पती मध्ये कोही एकजना कमजोर छ भने सक्षमता भएकोले आफ्नो दम्पतीको भार उठाईदिनु पर्दछ । यसले साँचो प्रेम प्रकट गर्दछ । पुरुषप्रधानत्व वा महिला प्रधानत्व दुवै कुरा परिवारमा हुनुहुँदैन तर एउटै मनको कसरी बन्ने तिर लाग्नु पर्दछ ।
6. Understanding (समझदारी)

असमझदारीता दम्पती तथा कुनै कार्यालयको लागी सबैभन्दा खतरनाक कुरा हो । समझदारीताले सिमा तोक्दछ । समस्यालाई बुझ्न मद्दत गर्दछ । दाम्पत्य जीवनमा समझदारी भएन भने काँढा विझेको खुट्टा जस्तै हुन्छ जीवन । जे काम पनि गर्नुहुन्छ र जहाँ जानु हुन्छ वा जे निर्णय गर्नुहुन्छ त्यो सबै आपसि समझदारीबाट नै सम्पन्न हुनु पर्दछ ।
7. Love (प्रेम)

दाम्पत्य जीवनमा सबैकुरा प्रेम र समझदारीमा चल्नु पर्दछ । प्रेम विना यो संसार एउटा चिहान मात्र बन्दछ भनेर कसैले भनेका थिए । वास्तवमा प्रेमले दाम्पत्य जीवनलाई अति नै एकतामा बाँध्न सहायता गर्दछ । आफ्नो दम्पतिलाई वेहद प्रेम गर्नुहोस् र उसलाई दिनपर्ने प्रेम अरुलाई नदिनुहोस् ।
8. Intimacy (घनिष्ठता)

हृदयको एकदमै नजिक तथा गहिराइमा पुग्न सक्नु घनिष्ठता हो । दम्पतीलाई घनिष्ठताबाट अलग गर्ने धेरै खराव बानीहरुको कारण हुन सक्छ ति कुराहरु त्याग्नाले हामीलाई घनिष्ठ हुन सहायता गर्दछ । हरेक कुरामा दापत्य जीवनमा घनिष्ठता कायम राख्न जरुरी हुन्छ ।
9.Empathetic (समानुभूति)

दम्पतीले सबै सुख दुःखमा समानुभूति लिन आवश्यक हुन्छ । आफ्नो जीवनसाथीको झन् धेरै समानुभूति दम्पतिलाई हुन आवश्यक हुन्छ ।
10. Chaste (पवित्र)

आजको दुनियाँमा यौन पवित्र रहन सकेको छैन । यो अतिनै घृणित अवस्था हो यौन वजारमा वेच्न तथा श्रीमान श्रीमती वाहिर र विवाह अघि दुरुपयोग गर्नको लागि बनिएको भने होइन । यौन जोडीले आपसमा आफ्नै पति तथा पत्नि विचमामात्र उपभोग गर्न बनाईएको हुँदा यसलाई पवित्र राख्नु पर्दछ । श्रीमान तथा श्रीमतीको अनुपस्थितीमा अरुसँग साटिने वा अपवित्र गरिने कुरा यौन होइन । संसारमा यौनलाई गलत तरिकाले लिइएको छ जसको अन्त्य पनि दुःखदायी नै हुन जान्छ ।
11.Privacy (गोपनियता)

दाम्पत्य जीवनमा गोपनियता भन्ने कुराले अतिनै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दम्पतीले कतिपय कुरा आजीवन जस्तै सुकै मिल्ने साथी वा अरु व्यक्तिलाई भन्न मिल्दैन किनभने त्यो गोप्य नै राखिनु पर्दछ । तर आजकल त्यस्तो गोपनियता भंग गर्ने दम्पतीहरुको कारण विवाहमा समस्याहरु आएका छन् । सफल विवाहको रहस्य गोपनियतालाई गोप्य नै राख्नु हो । दम्पतीको सबै कुरा अरुलाई भन्नुहुँदैन । तपाईको प्राइभेट समय तथा कार्य भनेको अरुको चासोको विषय होइन ।
12.Time (समय)

दाम्पत्य जीवनमा समयको धेरै महत्व हुन्छ । दम्पतीहरुले प्रेम मापन तपाई कतिको समय दिनुहुन्छ भन्ने कुराबाट नाप्छन् । परिवारमा भौतिक कुराको पर्याप्त उपलब्धता भन्दापनि उपयुक्त समयको उपलब्धताले बढि भूमिका खेल्दछ । दम्पतीको लागि विशेष तथा प्राइभेट समयको आवश्यकता पर्दछ । एक अर्कालाई समय दिएर कुरा सुन्नुहोस् । समय निकालेर ससाना भएपनि रमाइला यात्राहरु ग्र्नुहोस् । अविस्मरणीय क्षणहरु सृजना गर्नुहोस् । जन्मदिन तथा विवाह एनिभर्सरीलाई विशेष बनाउनुहोस् । वास्तवमा भन्ने हो भने तपाईको दम्पती जव दुःख र पिडामा गुज्रीरहेको हुन्छ त्यति वेला तपाईको पूर्ण उपस्थिति र समानुभूतिको खाँचो परेको हुन्छ भन्ने कुरा नभूल्नुहोस् ।
13. Management (व्यवस्थापन)

सबै कुराको लागि परिवारमा व्यवस्थापन गर्नुहोस् । अव्यवस्थित परिवार सँधै दुःखित नै रहन्छ । विशेष गरि सात प्रकारका व्यवस्थापन गर्न आवश्यक पर्दछ ।
       Time management – समय व्यवस्थापनः

आकाशमुुनी हरेक कुराको लागि समय छ । भन्नुको तात्पर्य जहिले पनि ठिक समयमा ठिक काम गर्नुपर्छ भन्ने हो । समय                                   व्यवस्थापन गर्नैपर्छ । हामीले पनि सबै काम तथा कुराको लागि समय व्यवस्थापन गर्न जान्नु पर्दछ । सिक्नुहोस् र दाम्पत्य जीवनलाई                   सुखमय र प्रभावकारी बनाउनुुहोस ।
 Work Management -कार्य व्यवस्थापन:

काम काम भन्नेहरुको दाम्पत्य जीवनमा धेरै समस्याहरु आएका छन् यहाँसम्मकि पारपाचुके सम्मपनि । दाम्पत्य जीवनलाई                               जोखिममा पारेर काम नगर्नुहोस्, वरु समय व्यवस्थापन गरेर दाम्पत्य जीवनलाई प्राथमिकता दिनुहोस् । काम त अवश्य गर्नु नै पर्छ                     तर दाम्पत्य जीवनलाई समस्यामा पारेर होइन ।
 Behavior Management -वानीव्यहोराको व्यवस्थापन:

दाम्पत्य जीवनमा वानिव्यहोरलाले ठूलो भूमिका खेलेको हुन्छ । दुई फरक पृष्ठभूमिबाट आएका स्त्री र पुरुष दाम्पत्य जीवनमा                            बाधिन पुग्छन् । हुन सक्छ एक अर्काको वानी व्यहोराले समस्या खडा गर्न सक्छ । हामीले वानि व्यहोरालाई व्यवस्थापन गर्न                              आवश्यक पर्दछ । साना साना कुराले नै ठूला ठूला समस्याहरु ल्याउँदछन् । वानिव्यहोरा पनि त्यस्तै हो । घरमा के गर्दा वा कसरी                      वोल्दा राम्रो हुन्छ दम्पतीको आपसी समझदारीमा व्यवस्थापन गर्नुहोस् ।
        Financial Management- आर्थिक व्यवस्थापनः

आफ्नो आयलाई दम्पतीसंग बसेर वजेटलाई अति आवश्यकिय शिर्षकमा विनियोजन गर्नुहोस् । हरेक कुरा किन्दा वजेट बनाएर                        मात्र किन्नुहोस् । परिवारलाई आर्थिक संकटमा पार्नबाट बचाउन आर्थिक व्यवस्थापन प्रभावकारी हुन आवश्यक हुन्छ ।
         Spiritual Management- आत्मिक व्यवस्थापनः

मन मस्तिस्कलाई स्वस्थ्य राख्नको लागि आत्मिक व्यवस्थापन गर्नु पर्दछ । मन स्वस्थ भए सबै कामहरु तथा व्यवहार स्वस्थ हुँदै                           जान्छ । सकारात्मक कुराहरु सुन्नलाई प्रोत्सान गर्नुहोस् । सकारात्मक र असल कामलाई समाजमा प्रस्तुत गर्नुहोस् ।
Health Management- स्वास्थ्य व्यवस्थापन :

कति दम्पतीहरु काम काम भनेर स्वास्थ्यलाई ख्याल गर्दैनन् । तर स्वस्थ रहनलाई नियमित व्यायाम, सन्तुलित खाना, ठिक सोच र                     स्वास्थ्य सम्बन्धि ज्ञान पनि हुन आवश्यक हुन्छ । यस विषयमा मजाक गर्नु हुँदैन ।
Family Management- परिवारिक व्यवस्थापन :

दाम्पत्य जीवनमा बाधिएपछि उनिहरु परिवारमा जोडिन पुग्छन् । परिवारमा धेरै जना नाता गोता हुन सक्छन् । यस्तो अवस्थामा                          समय दम्पतिलाई काम तथा जीवन जटिल बन्न जान्छ । बुवाआमालाई तथा छोराछोरीलाई पनि समय दिनुपर्यो । आफन्तहरुले पनि                    केही अपेक्षा गर्दछन् भने पारिवारिक रुपमा कसरी सहजिकृत भएर रहने भन्ने कुरा पारिवारिक व्यवस्थापनभित्र पर्दछ । यसमा                          परिवारको जटिलता तथा चुनौतिहरु सबैकुराहरुलाई मध्यनजर गर्दै काम गर्नु पर्ने हुन्छ । पारिवारिक एकता रसम्मानलाई राम्ररी                        कायम राख्न जान्नु पर्दछ ।

सम्बन्धमा कसरी सुधार ल्याउने ?
 झगडा तथा मनमुटावको सट्टा समस्या पत्ता लागाएर समाधान खोज्नुहोस् ।
 एकअर्कामा क्षमा आदान प्रदान गर्नुहोस् ।
 एक अर्कालाई साँचो प्रेम गर्नुहोस् ।
 असल सल्लाहकार संग मात्र सल्लाह लिनुहोस् ।
 एकअर्कालाई पहिलाको भन्दा अझ बढि चिन्ने र प्रेम गर्ने प्रयत्न गर्नुहोस् ।
 गल्ती तथा आफूले गरेका पापहरु ढाक्नुको सट्टा महसुस गर्नुहोस् र स्वीकार गर्नुहोस् ।
 दुःखको बेला र अति खुशिको वेला पनि दम्पतिको साथमा रहनुहोस् ।
 आपसी सल्लाह, सहमति र समझदारीमा काम गर्नुहोस् ।
 पवित्र आत्माका फलहरु दाम्पत्य जीवनबाट फलाउने प्रयत्न गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *