लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी। लिभरपुलले टोटनह्यामलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले समान १-१ गोल गरे । सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्‍यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो ।
८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २–० को अग्रता दिलाए । दुई गोलको अग्रता बनाएपनि लिभरपुल टोटनहृयामविरुद्ध दबाबमा खेलेको थियो । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।
निर्धारित समयसम्म टोटनहृयामले गोल गर्न नसकेपछि लिभरपुलले खेल २–० गोलअन्तरले पराजित गर्दै छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *