दिल्ली क्यापिटल आइपिएलको शिर्ष स्थानमा
एजेन्सी । सारजाहमा शनिबार राति भएको १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । यो उसको तेस्रो जित हो जहाँ ४ खेलमा ३ खेल जितेर ६ अंक सहित शिर्ष स्थानमा छ ।
सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इयान मोर्गनले ४४ रन जोड्दा राहुल त्रिपाठीले ३६ रन बनाए । शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए । कप्तान दिनेश कार्तिक ६ रनमा आउट भए । दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।
दिल्लीका लागि कप्तान श्रेयस आयर र पृथ्वी शले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाए । पृथ्वी ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए । यस्तै भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।
कोलकत्ताले ४ खेलमा ४ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको कोलकत्ताको यो दोस्रो हार हो ।