काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि

मुख्य समाचार स्वास्थ्य

पोखरा, असोज १७ गते । नेपाली काँग्रेसका युवा नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना संक्रमण भएको छ । उहाँसहित नेपाली कांग्रेसका ४ जना केन्द्रिय सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उहाँले शनिबार साँझ ट्वीट गरी सो कुराको जानकारी गराउनु भएको हो ।
नेपाली काँग्रेस निकटका २४१ जनाको स्वाब संकलन गरी जाँचका लागि पठाइएकोमा ७० जनाको रिपोर्ट आएको तर कसको पोजेटिभ वा नेगेटिभ आएको भन्ने कुरा स्वयंले घोषणा गर्ने नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो । थापाले ट्वीटसन्देशमा आफूमा कुनै समस्या नरहेको बताउनु भएको छ । शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआर टेष्टको रिपोर्ट आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *