बाग्लुङ, स्याङग्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल मुख्य समाचार स्थानिय समाचार स्वास्थ्य

पोखरा, २२ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा भएको परीक्षण अनुसार बाग्लुङका १० जना, स्याङजाका १ जना, पर्वतका ४ जना र म्याग्दीका १ जनामा कोरोना संक्रमण भेटिएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
संक्रमण हुनेमा बागलुङ निसीखोला गाउँपालिका ठेगाना भै सोही पालिकाको क्वारेन्टाइनमा रहेका २२ र २९ बर्षिय २ जना पुरुष र ३३ बर्षिय १ जना महिलामा रहेका छन । त्यसै गरी बागलुङ वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका १६, २०, २१ र २५ बर्षका ४ जना पुरुष र बागलुङको गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २०, २२ र २३ बर्षिय का ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसै गरि स्याङ्जाको कालीगण्डकी गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ बर्षिय १ जना पुरुष, पर्वतको फलेबास नगरपालिका ठेगाना भै कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ बर्षियका २ जना पुरुष र बिहादी गाउँपालिका ठेगाना भै कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २४ र २८ बर्षिय २ जना पुरुषको कोरोना पुष्टि भएको जानकारी स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माद्वारा प्राप्त भएको छ ।
त्यसै गरी म्याग्दी जिल्ला, मंगला गाउँपालिका ठेगाना भै सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको उनले बताए । उनीहरुको सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *