संकटमा साहस थप्न ‘कोरोनालाई जितौँ ‘नामक गीत आयो
पोखरा । भनिन्छ धेरै अर्थमा संगितले औषधीको काम गर्छ । मानव जीवनमा संगितले ठूलो स्थान ओगटेको छ । मानिसलाई प्रेरणा दिन, निको पार्न संगितको ठूलो हात छ । अहिले विश्व कोरोना महामारीसँग जुधेको तथा थुप्रै क्षेत्रबाट सबैको ठूलो योगदान रहेको अवस्थामा, कोरोनासँगको लडाईमा थप उर्जा प्रदान गर्न संगित जोन स्टुडियो पोखरा तथा विश्वराज रसाइलीले सन्देशमुलक गित ल्याएका छन । उक्त संदेशमुलक गितमा शब्द विश्वराज रसाईलीको रहेको छ भने संगित सुवास गुरुङले भरेका छन् । गितमा सबिना सुनाम, ऋतु लामा, विक्रम बराल, मिलन गुरुङ, मुस्कान रानाभाट र ममता गुरुङको स्वर रहेको छ । भिडियोको निर्माण तथा निर्देशन विद्या परियार ‘काले भाई’ ले गरेका छन् । संयोजन नरेन्द्र मित्रकोटी र व्यवस्थापन ज्योतिन्द्र घिमिरेद्वारा गरिएको गितको उत्पादन तथा वितरण संगित जोन स्टुडियोले गरेको छ । यस गीतलाई पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं। ५ का वडाध्यक्ष धनबहादुर नेपाली, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनार, शिक्षाविद् पदमराज ढकाल लगायतका व्यक्तित्वले प्रशंसा गर्दै समग्रमा गीतले आम मानिसको मन छुने र कोरोनासँग लड्नमा हौसला प्रदान गर्ने विश्वास प्रकट गर्नुभयो । गीतलाई संगित जोन स्टुडियोको युट्युब च्यानल मार्फत हेर्न र सुन्न सकिनेछ । गीत हेर्न तलको लिङ्कमा थिच्नुहोस ।