घर पालुवा बिरालोमा पनि देखियो कोरोना सङ्क्रमण

अन्तराष्ट्रीय खबर मुख्य समाचार स्वास्थ्य

एजेन्सी । अमेरिकाको न्युयोर्कमा दुई वटा बिरालोमा पनि कोरोना भाइरस “कोभिड १९” को सङ्क्रमण पुष्टि भएको छ । सास फेर्न समस्या भएपछि गरिएको परीक्षणमा दुई वटा बिरालोमा कोरोना भएको पाइएको बीबीसीले जनाएको छ । सङ्घीय अधिकारीहरुका अनुसार अमेरिकामा घरमा पालिएको बिरालोमा कोरोना भाइरसको सङ्क्रमण पाइएको यो पहिलो घटना हो । ती दुई बिरालोमा कोरोना सङ्क्रमण मानिसबाट नै सरेको आशङ्का गरिएको छ । यसअघि न्युयोर्कको चिडियाघरमा रहेको बाघमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार जनावर मानिसबाट सङ्क्रमित हुनसक्ने तर अहिलेसम्म पालिएको जनावरबाट मानिसमा सङ्क्रमण सर्ने सङ्केत पत्ता लागेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *