कोरोना भाइरसः थप दुई जनामा सङ्क्रमण भएको पुष्टि

नेपाल मुख्य समाचार स्वास्थ्य

बिहीवार थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उसका अनुसार उदयपुरका ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोभिड–१९ देखिएको हो। योसहित नेपालमा अब कुल सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ,मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले भने। बिहीवार नै पाटन अस्पतालमा उपचाररत दुई जना भाइरसमुक्त भएपछि घर फर्किएका छन्। उनीहरू ब्रिटेनबाट नेपाल फर्किएका ८१ वर्षीया महिला र उनका ५८ वर्षीय छोरा हुन्। उनीहरू समेत अहिलेसम्म नौ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । निको भएकाबाहेक सबैको उपचार भइरहेको छ अनि सबैको अवस्था सामान्य नै छ, देवकोटाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *