अस्पतालमा निको हुन जाने कि बिरामी हुन?

के स्वास्थ्य हुन बिरामी हुँदा औषधी खाएर सुई लगाएर वा अस्पताल धाएर मात्र हुन्छ? दैनिक जीवनमा सामान्य सरसफाईका नियम पालन गर्नुपदैन र? हुन त यहाँ सयौं बेथिति, लापरवाही र ग्रैहजिम्मेवारीपना छ । साथै सुधार, इमान्दारिता र समाजमा स्वास्थ्यको क्षेत्रमा दशकौ देखि यसले खेल्दै आएको भुमिकालाई कहिल्यै नजरअन्दाज गर्न मिल्दैन । आजको यो लेख प्रशासन तथा […]

पुरा पढ्नुहोस् ...

अध्ययन भन्छ – कोरोना संक्रमित पाँचमध्ये एकजनालाई मानसिक समस्याको जोखिम

काठमाडौं, २५ गते । कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित भएका पाँचमध्ये एकजनालाई मानसिक समस्या देखिने जोखिम हुने गरेको एक अध्ययनले देखाएको छ । मनोचिकित्सकहरुले ठूलो संख्याका मानिसहरुमा गरेको अध्ययनको नतिजा सार्वजनिक गर्दै सोमबार यस्तो बताएका हुन् । अध्ययनमा कोरोनाबाट संक्रमित भएका २० प्रतिशत मानिसहरुमा ९० दिनभित्र मानसिक असन्तुलनको समस्या देखिएको थियो । विशेष गरी धेरै […]

पुरा पढ्नुहोस् ...

चौतर्फी आलोचना र दबाबपछि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

पोखरा, कार्तिक २५ गते । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड–१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको एक मन्त्रीले जानकारी दिए । कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको थियो । सरकारले भने सबै […]

पुरा पढ्नुहोस् ...

जुम्लामा पाँच शैयाको कोभिड अस्पताल सञ्चालनमा

काठमाडौं ,कार्तिक २४ गते। जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि शैया मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने “विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको लागि स्थानीय सरकार लागि परेको छ […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुग्यो

पोखरा, कार्तिक २१ गते । गण्डकी प्रदेशमा कोरानाको संक्रमणका कारण मृत्यु हुनेको संख्या १०० पुगेको छ  । जसमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरानाका कारण निधन भएको व्यक्तिहरुको पुष्टि भएको छ । बाग्लुङ जिल्ला, जैमनि नगरपालिका ९ का २९ वर्षिय कोरोना संक्रमित पुरुषको कार्तिक २० गते राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा दुःखद निधन […]

पुरा पढ्नुहोस् ...

कोरोना रिपोर्टमा सिटी भ्यालु भनेको के हो ?

काठमाडौं, कात्तिक २१ गते ।  केही समय अगाडिसम्म कोरोनाको रिपोर्टमा पोजेटिभ हो वा नेगेटिभ भन्नेमात्र उल्लेख हुन्थ्यो। अहिले भने रिपोर्ट दिँदा त्यसमा कोरोनाको जीनको ‘सिटी भ्यालु’ समेत समावेश गर्न थालिएको छ। त्यसैले अहिले धेरैको जिज्ञासा नै सिटी भ्यालु के हो भन्नेमा छ। सिटी अथवा साइकल थ्रेसहोल्डको भ्यालु “अंक” चिकित्सकको लागि महत्वपूर्ण हुन्छ। यसबाट बिरामीमा भाइरसको […]

पुरा पढ्नुहोस् ...

कोरोना अपडेटः नयाँ तीन हजार ४३९ जना सङ्क्रमित

पोखरा, असोज २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका तीन हजार ४३९ जना सङ्क्रमित थपिएका छन् । ४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितसहित कुल संख्या ९४ हजार २५३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २५ हजार सात जना […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः थप दुई जनामा सङ्क्रमण भएको पुष्टि

बिहीवार थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उसका अनुसार उदयपुरका ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोभिड–१९ देखिएको हो। योसहित नेपालमा अब कुल सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ,मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले भने। बिहीवार नै पाटन अस्पतालमा उपचाररत दुई जना भाइरसमुक्त भएपछि घर फर्किएका छन्। उनीहरू ब्रिटेनबाट नेपाल […]

पुरा पढ्नुहोस् ...

डब्लूएचओ भन्छ,“कोरोनाभाइरस हामीसँग लामो समय रहन्छ”

एजेन्सी । विश्व स्वास्थ्य संगठन “डब्लूएचओ”का प्रमुख डा.टेड्रोस अधानोम घेब्रेसेयसले कोरोनाभाइरस हामीसँग लामो समय रहने बताउँदै यसबिरुद्धको लडाईंमा कुनै पनि लापरवाही नगर्न चेतावनी दिएका छन् । अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको […]

पुरा पढ्नुहोस् ...

चीनमा कोरोनाभाइरसको खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप

एजेन्सी । बेइजिङ । कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो बायोलोजी कम्पनीले खोप विकास गरेको बताइएको छ । चीन सरकारले अनुमति दिएपछि खोप परीक्षण गरिएको हो । परीक्षणमा सामेल […]

पुरा पढ्नुहोस् ...

मृत महिलाको पाठेघरबाट बच्चाको जन्म भयो

बीबीसी न्यूज ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ । सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो शल्यक्रिया भएको थियो र पछि गर्भाधानसम्बन्धी उपचार गरिएको थियो । पाठेघर प्रत्यारोपणपछि आमा बनेकी ती बत्तीस वर्षीया महिला पाठेघर बिनै जन्मेकी थिइन् । जीवित महिलाले नै […]

पुरा पढ्नुहोस् ...

नयाँ अध्ययनः दैनिक १० मिनेटको व्यायामले मष्तिष्कलाई फाइदा

दैनिक १० मिनेटको हल्का व्यायामले मष्तिष्कलाई तन्दुरुस्त बनाउने एक अध्ययनबाट पत्ता लागेको छ । यसले मष्तिष्कको विभिन्न भागलाई सञ्चार गराई समन्वय गरेर स्मृति प्रक्रियामा सुधार गर्छ । एक न्युरोलोजिकल अध्ययनका अनुसार आफ्नो मष्तिष्क स्वस्थ राख्न लामो तथा तिव्र व्यायामको आवश्यकता पर्दैन र त्यसको असर हामीले सोचेभन्दा धेरै पर्ने देखिन्छ । व्यायामले हाम्रो दिमाग र मष्तिष्कलाई […]

पुरा पढ्नुहोस् ...

वायुप्रदूषणका कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुग्ने

चार वर्ष लगाएर चीनमा गरिएको एउटा अध्ययनले वायुप्रदूषणका कारण मानिसको मस्तिष्कमा गम्भीर असर पुग्ने देखाएको छ। विभिन्न उमेर समूहका २० हजार महिला तथा पुरुषमाझ भाषा तथा गणितको क्षमता परीक्षण गरिएको थियो। परीक्षणको नतिजालाई वायुप्रदूषणको स्तरसँग तुलना गरियो। अनुसन्धानकर्ताहरूले त्यसपछि निकालेको निष्कर्षमा जति धेरै प्रदूषण छ त्यति नै धेरै त्यसले मस्तिष्कको क्षमतामा प्रभाव पारेको देखिएको छ। […]

पुरा पढ्नुहोस् ...

खोकीका बिरामीको उपचार विधिबारे नयाँ सुझाव

खोकी पीडित बिरामीलाई सुरुमा महबाट बनाइने घरेलु औषधि वा अन्य सामान्य ओखती दिनु पर्ने सुझाव ब्रिटेनको नयाँ स्वास्थ्य निर्देशिकाले दिएको छ । एन्टिबायोटिक्सले खोकी निको पार्न थोरै मात्र मद्दत गर्ने भएकोले चिकित्सकहरूले एन्टिबायोटिक्सको सिफारिस गरिहाल्न नहुने सुझाव दिइएको छ । धेरैजसो बिरामीहरूमा दुई वा तीनसाताभित्रै खोकी आफैँ निको हुँदै जाने गर्छ । एन्टिबायोटिक्सको जथाभाबी प्रयोग […]

पुरा पढ्नुहोस् ...