मेस्सीलाई च्याम्पियन फर पिस अवार्ड

एजेन्सी । बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेस्सीले च्याम्पियन फर पिस अवार्ड–२०२० जितेका छन् । विभिन्न व्यक्तिहरुलाई पिच बाहिर सहयोग गरेको आधारमा मेसीले उक्त अवार्ड पाएका हुन् । स्पानिस क्लब बार्सिलोनाले यसको पुष्टि गरेको थियो । ‘मेरो सामाजिक कमिटमेन्टका लागि मलाई फियर प्लेअरको रुपमा चयन गर्दा म साँच्चै सम्मानित भएको छु’ मेसीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोले अर्को कीर्तिमान रचे

एजेन्सी । क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३–१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् । युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । पेनाल्टीबाट दुई गोल गर्दै रोनाल्डोले युभेन्टसको जीत सुनिश्च्ति गरेका थिए । […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिग : अन्तिम १६ मा कुन कुन टिम पुगे हेर्नुहोस

एजेन्सी। युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०/२१ को समूह चरणका खेलहरु सकिएपछि अन्तिम १६ मा पुग्ने १६ टिमको टुङ्गो लागेको छ । ८ समूहका समूहविजेता र समूह उपविजेता अन्तिम १६ मा प्रवेश गरेका हुन् । जसमा स्पेन र जर्मनीबाट सर्वाधिक ४/४ क्लब प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्पनेनबाट समूह चरणमा खेलेका सबै […]

पुरा पढ्नुहोस् ...

आर्सनललाई हराउँदै टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी। आइतबार राती भएको प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई २–० गोल अन्तरले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक–एक गोल गरे । खेलको १३ औं मिनेटमा सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा केनले गोल गर्दै टोटेनहमलाई […]

पुरा पढ्नुहोस् ...

अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतले जित्यो

एजेन्सी । अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो ६ विकेटले जितेसँगै तीन खेलको शृङ्खलामा भारत २–० ले अघि भएको हो । अस्ट्रेलियाले दिएको एक सय ९५ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदै मात्र चार विकेट गुमाएर भेट्यायो । भारतको जितमा हार्दिक पाण्डेया नायक बने । उनले २२ बलमा अविजित […]

पुरा पढ्नुहोस् ...

म्यान्चेस्टर युनाइटेडले रच्यो नयाँ इतिहास

एजेन्सी । वेस्ट ह्यामविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै ३–१ को उत्कृष्ट पुनरागमन गर्दै म्यान्चेस्टर युनाइटेडले नयाँ कीर्तिमान बनाउन सफल भएको छ । प्रिमियर लिगको इतिहासमा कुनै पनि टोलीले गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेड जति अंक बटुल्न सकेको छैन । युनाइटेडले हालसम्म खेलमा पछि परेको अवस्था उल्टाउँदै सर्वाधिक ३८५ अंक बटुल्न सफल भएको […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगमा सिटी र पोर्टोको बराबरी, लिभरपुलले आयाक्सलाई हरायो

एजेन्सी । पोर्चुगलको पोर्टोले च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग बराबरी खेल्दै अंक बाँडेको छ। दुई खेलअघि नै दुवै टिम अन्तिम १६ मा प्रवेश गरिसकेका क्लब हुन्। आफ्नो घरेलु मैदानमा पोर्टोले सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो। सिटीविरुद्ध पोर्टोले पूरै खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो। १८ पटक पोर्टोको पोष्टमा प्रहार गर्दा पनि […]

पुरा पढ्नुहोस् ...

प्रिमियर लिग: महरेजको ह्याट्रिकमा सिटीको जित, लिभरपुल र ब्राइटनको बरबरी खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले ब्रन्लीलाई ५–० ले हराएको छ। सिटीको जितमा महरेजले ह्याट्रिक गरे। मेन्डी र टोरेसले एक–एक गोल गरे। प्रिमियर लिगमा नै लिभरपुलले भने ब्राइटनसँग १–१ को बराबरी खेलेको छ। ब्रन्लीविरुद्ध पाँच गोलको जित दिलाउँदा महरेजको ह्याट्रिक सिटीमा उनको पहिलो ह्याट्रिक हो। उनले खेलको छैठौँ, २२औँ र ६९औँ मिनेटमा गोल […]

पुरा पढ्नुहोस् ...

रहेनन् फुटबलका हस्ती म्याराडोना

एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । […]

पुरा पढ्नुहोस् ...

रोनाल्डोको भविष्य युभेन्टसमै

एजेन्सी – पछिल्लो पटक अन्तर्राष्ट्रिय विश्रामका दौरान युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो नयाँ क्लबमा जाने विषयमा चर्चा भएको थियो । तर, पोर्चुगलको कप्तान समेत रहेका रोनाल्डो सन् २०२२ सम्म सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने विश्वास गरिएको छ । टुरिनबाट प्रकाशित हुने टुटो स्पोर्टसले रोनाल्डो आफै पनि सम्झौता रहँदा सम्म युभेन्ट्समै रहने प्रकाशित भएको थियो । […]

पुरा पढ्नुहोस् ...

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

पोखरा, मंसिर ८ गते । सोमबार दिउँसो फेवाताल किनारको खपौदी क्षेत्रस्थित ल्यान्डिङ जोनभन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटना मा परेको छ । ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको हो । दुर्घटनामा पाइलट पोखरा महागरपालिका २८ कालिकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । राजु लेकसाइड बस्थे […]

पुरा पढ्नुहोस् ...

दश वर्षपछि बार्सिलोनालाई एटलेटिकोले हरायो

एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई १–० गोलको अन्तरमा पराजित गरेको छ । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोका यानिक फरेर करास्को १ गोल गर्दै जितको नायक बने । उनले पहिलो हाफको इन्ज्युरी समयमा गोलरक्षक मार्क आन्दर टेर स्टेगनको गल्तिको फाइदा उठाउँदै गोल गरेका थिए । सन् […]

पुरा पढ्नुहोस् ...

दिल्लीलाई इतिहास रच्ने अवसर, पहिलो पटक आइपिएलको फाइनलमा

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग “आइपिएल” इतिहासमा पहिलो पटक फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउँदै इतिहास रचेको हो । दिल्लीले उपाधिको लागि फाइनलमा मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । र उक्त खेल जितेमा ठूलो इतिहास […]

पुरा पढ्नुहोस् ...

च्याम्पियन्स लिगमा युभेन्टसको सानदार जित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा हंगेरीको फेरेन्कभारोसलाई इटालियन च्याम्पियन युभेन्टसले ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । उक्तजितमा अल्भारो मोराटाले २ तथा पाउलो डिबालाले १ गोल गरे । अर्को गोल आत्मघाती गोल रहयो । खेलको सातौं मिनेटमा नै पाहुना टोली युभेन्टसले मोराटाको गोलमा अग्रता लियो । जुआन क्वाडराडोले पेनाल्टी क्षेत्र […]

पुरा पढ्नुहोस् ...