च्याम्पियन्स लिगमा युभेन्टसको सानदार जित

अन्तराष्ट्रीय खबर खेलकुद मुख्य समाचार

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा हंगेरीको फेरेन्कभारोसलाई इटालियन च्याम्पियन युभेन्टसले ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । उक्तजितमा अल्भारो मोराटाले २ तथा पाउलो डिबालाले १ गोल गरे । अर्को गोल आत्मघाती गोल रहयो ।
खेलको सातौं मिनेटमा नै पाहुना टोली युभेन्टसले मोराटाको गोलमा अग्रता लियो । जुआन क्वाडराडोले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लो क्रसमा रोनाल्डो र विपक्षी गोलरक्षक समेत बिट भएपछि फार पोस्टमा रहेका मोराटाले सहजै गोल गरेका थिए । ४३ औं मिनेटमा आरोन रामजीको पासमा रोनाल्डोको प्रहार विपक्षी डिफेन्डरले ब्लक गरिदिए ।
खेलको ६० औं मिनेटमा मोराटाले दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले बायाँ विंगबाट दिएको पासलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए । अग्रता दोब्बर पार्नुभन्दा २ मिनेट अघि रोनाल्डोको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरिएको थियो ।
मोराटाको स्थानमा मैदान प्रवेश गरेका पाउलो डिबालाले ७१ औं मिनेटमा गरेको चिप प्रहारले पोस्टको दिशा लिन सकेन । ७२ औं मिनेटमा अन्ततस् डिबालाले गोलको खाता खोले । आफ्नै डिफेन्डरले दिएको पासलाई गोलरक्षक डेनेस दिबुस्जले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिन नसक्दा डिबालाले खालि पोस्टमा गोल गर्न पुगेका थिए ।
८२ औं मिनेटमा गोलरक्षक दिबुस्जले अर्को गल्ति गर्दा डिबालाले अर्को गोल थप्ने अवसर पाए । दिबुस्जले क्लियर गर्न खोजेको बललाई डिबालाले नियन्त्रणमा लिंदै प्रहार गरेपछि लासा दिभालीले गोललाइनमा बचाउन खोजेपनि सफल हुन सकेनन् । अन्तिम मिनेटमा फ्रान्क बोलीले घरेलु टोलीका लागि सान्त्वना गोल गरेका थिए ।
समुह चरणको खेलमा शीर्षस्थानको बार्सिलोनाको ३ खेलमा ९ अंक छ भने दोस्रो स्थानको युभेन्टसको ६ अंक छ ।

त्यसैगरी च्यम्पियन्स लिग अन्तर्गतको अन्य खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ गोलको अन्तरले, डर्टमन्डले क्लब बुर्गलाई ३–० ले, सेभिल्लाले क्रसनडरलाई ३–२ ले, चेल्सीले रेनेसलाई ३–०ले साथै आरबि लिपजिगले पिएसजीलाई २–१ गोलको अन्तरले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *