अमेरिका राष्ट्रपति निर्वाचन: वाइडेन विजयको नजिक, चार राज्यको मतपरिणाम आउन बाँकी

अन्तराष्ट्रीय खबर मुख्य समाचार

एजेन्सी । विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिकपुगेका छन । तर अझै पनि कस्तो परिणाम आउँछ भन्न सक्ने स्पष्ट स्थिति छैन ।
नेपाली सयम अहिले विहान सम्मप्राप्त परिणाम अनुसार, पूर्व उपराष्ट्रपति जो वाइडेनलाई अब विजयको पताका फहराउनकालागि जम्मा छ इलेक्टोरल मतको आवश्यकता छ । उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसकेका छन। राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गरेका छन । अधिकाँश राज्यको मत गणनाको परिणाम आइसकेको र बाँकीचारवटा राज्यको मत परिणाम आउनबाँकी छ ।
नेपाली समय अनुसार अहिले विहानसम्म बाँकी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर परेको छ । नेभाडा राज्यमा अहिले सबै अमेरिकनको ध्यान गएको छ । यो राज्यमा अहिले करिब ७५ प्रतिशतमत गणना सम्पन्न भइसकेको परिप्रेक्ष्यमा दुवै उम्मेदवारले ४९ प्रतिशत मतप्राप्त गरे तापनि झिनो मतान्तरले वाइडेनले अग्रता लिनुभएको छ । यो राज्यमा छ इलेक्टोरल मत छ । यो राज्यमा वाइडेनले विजय भए उनी राष्ट्रपति चुनिनेछन। त्यसैगरी जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियामा राष्ट्रपति ट्रम्पको अग्रता रहेको छ । यी तीन राज्यमाक्रमशः १६, १५ र २० इलेक्टोरल मत उनको पक्षमा जाने लगभग निश्चित छ । यी तीनवटै राज्यको इलेक्टोरल मत जोड्दा हुन आउने ५१ मत र उनले हालसम्म प्राप्तगरेको २१४ मत जोड्दा पनि स्पष्ट वहुमत हासिल गर्नेछैनन । राष्ट्रपति ट्रम्पलाई पदमा टिकिरहनका लागि उपर्युक्त चारवटै राज्यको निर्वाचनआफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।
कडा प्रतिस्पर्धात्मक रहेको नेभाडाको परिणाम केही घण्टापछि आउने बताइएको छ भने अन्य तीन राज्यको परिणाम शुक्रवारसम्ममा आउनेछ । कथमकदाचित नेभाडामा ट्रम्पले विजयहात पारे भने उनीपुन चार वर्षका लागि राष्ट्रपति हुनेछन । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *