प्रवासमा रहेका कामदाहरुलाई खुशीको खबर, साउदी अरबले हटायो कफला प्रणाली

अन्तराष्ट्रीय खबर

एजेन्सी – साउदी अरबले कम तलबमा काम गर्ने लाखौं प्रवासी कामदारको हकहितका लागि बुधवार निर्णय लिने  बताएको छ ।

त्यहाँको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले जारी गरेको बयानमा उल्लेख गरिएको छ, ‘नयाँ नियमअन्तर्गत विदेशी कामदारलाई उनीहरूका रोजगारदाताले जागिर परिवर्तन गर्न, जागिर छोड्न वा देश प्रवेश गर्न अनुमति वा सहमति नदिए पनि बाहिर जान अनुमति राज्यले दिनेछ ।’ राज्यमन्त्री अब्दुल्ला बिन नासिर अबुथैनले प्रवासी मजदूरसम्बन्धी नयाँ नियम मार्च २०२१ देखि लागू गर्न सकिने बताए । यसले साउदीमा रहेका लगभग एक करोड विदेशी कामदारलाई असर पार्नेछ ।

कफला प्रणाली अन्तर्गत कुनै पनि प्रवासी कामदारले रोजगारदाताको अनुमति विना केही पनि गर्न पाउँदैनथियो । यसले गर्दा कामदारहरू बँधुवा मजदूर भएर बस्नुपर्ने बाध्यता थियो ।  ह्युमन राइट्स वाच नामक मानअधिकारवादी संस्थाका अनुसार, साउदी अरबमा विदेशी कामदारका रोजगारदातासँग कानूनी अधिकार रहन्छ । यसले गर्दा नै मजदूरको शोषण र उत्पीडन हुने गरेको उसको कथन छ ।
यसअघि कतारले पनि कफला प्रणाली खारेज गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *