बाबुले घरमा आगो लगाए, दुई नाबालक छोराको मृत्यु

मान्म, रासस, पुस २९ गते ।कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो । भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा […]

पुरा पढ्नुहोस् ...

नेपाललाई रुसले दिनेभयाे २ करोड ५० लाख डोज कारोना खोप

एजेन्सी ।नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।विभिन्न मुलुकमा Sputnik v खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । […]

पुरा पढ्नुहोस् ...

युभेन्टसको जितमा रोनाल्डोको गोल

एजेन्सी – इटालियन सिरी “ए” अन्तर्गत गए राति भएको खेलमा युभेन्टसले सस्सुलोमाथि ३–१ को सहज जित हात पारेको छ। यो उसको लागातार तेस्रो जित हो । युभेन्टसको जितमा डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको […]

पुरा पढ्नुहोस् ...

पुसमै गर्मीको अनुभव

काठमाण्डौ, पौस २७ गते । दुई दिनदेखि काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न ठाउँमा दिउँसो गर्मी अनुभव हुन थालेको छ । पुसमै गर्मी भएको भन्दै धेरै अचम्ममा परेका छन् । दिउँसोको अधिकतम तापक्रम बढेपछि गर्मी अनुभव भएको हो । शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोना तेस्रो स्थानमा उक्लियो

एजेन्सी । ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–० गोलको अन्तरले हराएपछि अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानडालाई ४–० ले पराजित गरेको हो । उक्त सहज जितपछि बार्सिलोना फेरि तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको रियल […]

पुरा पढ्नुहोस् ...

बिलिभर्स इष्टर्न समुदाय नेपालद्वारा राउटे परिवारलाई कम्बल वितरण

दैलेख, पौष २४ गते । बिलिभर्स इष्टर्न समुदाय नेपालले गुराँस गाउँपालिका ८ दैलेखमा बस्दै आएका ४५ राउटे परिवारलाई ४८ थान कम्बल वितरण गरेको छ ।समुदायले राउटे बस्तीमै पुगेर ४८ थान कम्बल बितरण गरेको छ । गुराँस गाउँपालिका ८ दैलेख धरमपोखरामा बस्दै आएका ४५ राउटे परिवार चार दिन अघि बेसी झरेको खबर पाएपछि धरमपोखराबाट सुर्खेत चिङ्गाड […]

पुरा पढ्नुहोस् ...

वश्वकै धनी बन्न सफल एलन मस्क

एजेन्सी । अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले जारी गरेको धनाढ्यको सूचीमा ४९ वर्षका मस्क पहिलो नम्बरमा पुगेका हुन् । सूचीमा विश्वका ५ सय अर्बपति छन् । गत वर्षदेखि टेस्लाको सेयरमा ८ गुनाभन्दा धेरै वृद्धि भइसकेको […]

पुरा पढ्नुहोस् ...

अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गर्ने युवती पक्राउ

दैलेखः दैलेखका विभिन्न व्यक्हतिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको छ। गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी इटहरी उप–महानगरपालिका–४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो। आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको “सिइओ” बताउँदै […]

पुरा पढ्नुहोस् ...

अनलाइन डेलिभरी बढाउनको लागि थप ११ जेट किन्दै अमेजन

ईकमर्स जायन्ट अमेजनले प्रयोगकर्ताबाट हुने अर्डरलाई चुस्त बनाउन थप ११ जेट खरिद गर्ने भएको छ । कम्पनीले डेल्टा एण्ड वेस्टजेट एयरलाइन्स कम्पनीमार्फत सो संख्यामा विमान खरिद गर्ने भएको हो । कम्पनीका अनुसार आफ्नो डेलिभरी नेटवर्कलाई चुस्त बनाउने उद्देश्यले प्लेन खरिद गर्न लागिएको हो । यसअघिसम्म विभिन्न कम्पनीसँग प्लेन भाडामा लिएर सामान डेलिभरी गर्दै आएको कम्पनीले […]

पुरा पढ्नुहोस् ...

चार मुलुकले कतारमाथि लगाएको नाकाबन्दी तीन वर्षपछि सकियो

एजेन्सी ।साउदी अरब, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्सले तीन वर्षअघि सानो मुलुक कतारमाथि लगाएको नाकाबन्दी सकिएको छ। मंगलबार साउदी अरबका युवराज मोहम्मद बिन सलमानले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई साउदी अरबमा स्वागत गरेका छन्। कतारी अमिर गल्फ कोअपरेसन काउन्सिलको सम्मेलनमा भाग लिन साउदी पुगेका हुन्। सन् २०१७ जुनमा यी चार मुलुकले […]

पुरा पढ्नुहोस् ...

चिनको बेइजिङमा हजारौंले लगाए खोप

रासस–एएफपी । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ […]

पुरा पढ्नुहोस् ...

भारतमा उत्पादित खोप नेपालमा केही महिना निर्यात नगरिने

काठमाडौं, पुस २० गते । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ । विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै […]

पुरा पढ्नुहोस् ...

दार्चुलामा वर्षा र हिमपात, जनजीवन प्रभावित

दार्चुला, पुष १९ गते । दार्चुलाको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबार बिहानदेखि भइरहेको वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण लेकाली क्षेत्रका मानिस र पशु चौपाया कठ्याङ्ग्रिएका छन् । दार्चुलाको व्यास, अपिहिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भूभागमा हिमपात भएको छ । व्यास र […]

पुरा पढ्नुहोस् ...

भारतका दुई कोरोनाविरुद्धको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति

एजेन्सी । भारतका दुई कम्पनीको कोभिड–१९ विरुद्धको खोप स्वीकृत भएको छ। इन्डिया ड्रग्स रेग्युलेटरले सीरम इन्स्टिच्युट कोभिशील्डपछि अक्सफोर्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाका अनुसार कोभिशील्ड भ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी भएको बताएको छ। त्यस्तै कोभ्याक्सिन भारतको भ्याक्सिन हो जसलाई भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर […]

पुरा पढ्नुहोस् ...