क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

रासस । क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा विभिन्न ३३ व्यक्तिलाई क्यानडा वैदेशिक रोजगारमा पठाउने बहानामा रु ९० लाख ७१ हजार […]

पुरा पढ्नुहोस् ...

थप २१३ सङ्क्रमित थपिए, २९६ निको 

काठमाडौं, माघ १५ गते । नेपालमा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ५८८ जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका २१३ जना सङ्क्रमित थपिएका […]

पुरा पढ्नुहोस् ...

चीनमा कोरोना भाइरसका सङ्क्रमित प्रतिदिन बढ्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । शुरुमा कोरोना भाइरसको सङ्क्रमण चीनको वुहान शहरबाट नै निस्किएको बताइएको थियो । गत वर्षको डिसेम्बरमा यो भाइरस भेटिएको हो । यसरी वुहानबाट देखिएको यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ र ती देशमा अहिले पनि सङ्क्रमित […]

पुरा पढ्नुहोस् ...

भारतले टिकटक लगायत ५९ चिनियाँ एप सधैँका लागि बन्द गरिदियो

एजेन्सी । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ। यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने […]

पुरा पढ्नुहोस् ...

एशियाको सबैभन्दा ठूला लागुपदार्थ गिरोहका नाइके द नेदरल्यान्ड्समा पक्राउ

बिबिसी । द नेदरल्यान्ड्स प्रहरीले अस्ट्रेलियाद्वारा जारी एउटा पक्राउपुर्जीका आधारमा विश्वकै सबैभन्दा ठूलो लागुऔषध समूहका नाइके भएको आरोप लागेका एक व्यक्तिलाई पक्राउ गरेको छ। चीनमा जन्मिएका क्यानडाली नागरिक सो चि लपलाई द कम्पनीका प्रमुख भएको मानिन्छ। उक्त गिरोहले एशियाभरि हुने ७० अर्ब डलर बराबरको गैरकानुनी लागुऔषध कारोबारको ठूलो भाग ओगट्छ। संसारमा सबैभन्दा बढी खोजी गरिएका […]

पुरा पढ्नुहोस् ...

आइतबारसम्म सबै प्रदेशमा पुग्ने छ कोरोना खोप

रासस माघ १० गते । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप […]

पुरा पढ्नुहोस् ...

कोरोना भाइरसः थप २३२ संक्रमित, ८ को मृत्यु

माघ १० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६९ हजार १८० पुगेको छ । संक्रमित हुनेमा ९१ जना महिला र १४१ जना पुरुष रहेका छन् । २४ घण्टामा ३ हजार ५४१ पीसीआर परीक्षण भएको […]

पुरा पढ्नुहोस् ...

भारतले नेपाललाई दिएको खोपबारे थाहा पाउनै पर्ने यी कुराहरू

एजेन्सी । भारतले नेपाललाई दिएको खोप बिहीवार नेपाल आइपुगेको छ । संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ।नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अर्थ्याएका छन्। भारतको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र […]

पुरा पढ्नुहोस् ...

नेपालमै रासायनिक मल कारखाना स्थापना गरिने

काठमाडौं, माघ ८ गते । नेपालमा रासायनिक मल कारखाना स्थापना गरिने भएको छ। सरकारले त्यसका लागि तयारीसम्बन्धी गृहकार्य सुरु गरेको जानकारी दिएको छ। बुधबार सो सम्बन्धमा अर्थ मन्त्रालयमा छलफ भएको अर्थमन्त्रीका प्रेससंयोजक भुवन केसीले जानकारी दिए। उनका अनुसार मन्त्रालयमा रसायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा […]

पुरा पढ्नुहोस् ...

क्रिष्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड, जिते इटालियन सुपर कप

एजेन्सी, माघ ८ गते । वर्तमान फुटबल जगतका चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डोले गोलको इतिहास रचेका छन् । उनले फुटबल करियरमा सबैभन्दा बढी ७६० गोल गरेका छन् । उनले चेक–अष्ट्रियन स्ट्राइकर जोसेफ बिकानको ७५९ गोलको रेकर्ड तोडेका छन् । युभेन्ट्सलाई बुधबार राति इटालियन सुपर कप फुटबलको उपाधि दिलाउने क्रममा आफूले व्यक्तिगत रेकर्ड राखेका हुन् । बुधबार […]

पुरा पढ्नुहोस् ...

एक हजार निजी विद्यालय बन्द हुने जोखिममा

काठमाडौँ, माघ ७ गते । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरी […]

पुरा पढ्नुहोस् ...

चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा

एजेन्सी, माघ ७ गते । लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शुन्यका विरुद्ध दुई गोलले जीत निकालेको हो । यो जीतसँगै लेस्टर म्यानचेष्टर युनाइटेडलाई […]

पुरा पढ्नुहोस् ...

भारतमा सुरु भयो कोरोना खोप अभियान

नयाँदिल्ली, माघ ४ गते । भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको शनिबारदेखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युटको अफ मेडिकल साइन्सेज एम्स् का सफाइ कर्मचारी मनीष कुमार पहिलो खोप लगाउने व्यक्ति बने । उनले एम्स्मै रहेको केन्द्रमा खोप लगाए । भारतमा हालसम्म १ […]

पुरा पढ्नुहोस् ...

चीनको वुहान पुग्यो डब्ल्यूएचओको टिम

एजेन्सी, माघ १ गते । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो । १० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, […]

पुरा पढ्नुहोस् ...