रुबीना दिलैकले जितिन बिग बोस–१४

नयाँ दिल्ली, फागुन १० । दर्शकहरुको अनुमानलाई सही सावित गर्दै रुबीना दिलैकले बिग बोस सीजन–१४ को उपाधि आफ्नो पक्षमा पार्न सफल भएकी छिन् । शोका सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गरेका हुन् । विजेता भएसंगै रुबीनाले ट्रफीसहित करिव ५८ लाख रुपैयाँ धनराशि पनि पुरस्कारको रुपमा पाएकी छिन् । रुबीनालाई विजेताको रुपमा घोषणा गरिंदा उनका […]

पुरा पढ्नुहोस् ...

मुख्यमन्त्री कपः भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई

पोखरा, फागुन ९ गते । तनहुँ जिल्ला र म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका हुन् । पुरुषतर्फ उपाधि जित्ने क्रममा तनहुँले स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्यो । रोमान्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५–२३ ले […]

पुरा पढ्नुहोस् ...

लद्दाखमा भारतसँग चीनको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्विकार्यो

काठमाडौँ, फागुन ७ गते । गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले बताएको छ । चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चिनियाँ सेनाको पीएलए डेलीलाई उद्धृत गर्दै चीनले उक्त झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको हो । चिनियाँ सेनाले उक्त झडपमा परी मृत्यु भएका […]

पुरा पढ्नुहोस् ...

प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना

रासस काठमाडौँ, फागुन ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीतिरकार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा बिहीवार आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे । उनले भने, सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै […]

पुरा पढ्नुहोस् ...

मोबाइलमा ‘शेयर इट’ एप छ भने तुरुन्तै हटाउनुहोस्, ह्याकरले तपाईंको संवेदनशील डेटा चोर्दै छन्

एजेन्सी । विश्वव्यापी रुपमै लोकप्रिय एप शेयर इट’ मा सुरक्षा कमजोरी फेला परेको छ । साइबर सुरक्षा कम्पनी ट्रेन्ड माइक्रोले तीन महिनासम्म गरेको एक अध्ययनपछि यो एपको एन्ड्रोइड भर्सनमा गम्भीर खालका सुरक्षा कमजोरी भएको तथ्य बाहिरिएको हो । अध्ययन प्रतिवेदन अनुसार गलत प्रवृत्तिका ह्याकरले एपमा सजिलै पहुँच प्राप्त गरी प्रयोगकर्ताको डेटा चोर्न सक्नेछन् । ‘ह्याकरहरूले […]

पुरा पढ्नुहोस् ...

भागरथीकी आमा भन्छिन प्रहरीले समातेका युवक हत्यारा होइनन ।

बैतडी, फागुन ५ गते । बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै अन्दाजी १८ वर्षीय युवकलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा द्रोपती भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका युवक हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छिन् । बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ्नुहोस् ...

आइपिएलः किङ्ग्स इलेवन पञ्जाबको नाम परिवर्तन

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० को फ्रेन्चाइजी किङ्ग्स इलेवन पञ्जाबले आगामी सिजनमा आफ्नो नाम बदल्दै १४ औँ सिजनबाट ‘पञ्जाब किङ्ग्स’ राख्ने घोषणा गरेको छ । यसका लागि टोलीले बीसीसीआई र आईपीएलको नियामक निकायसँग अनुमति पनि लिइसकेको छ । यद्यपि, नाम बदल्नु पर्ने कारणबारे पञ्जाबबाट कसैले आधिकारिक बायन दिएका छैनन् । मिडिया रिपोर्टका अनुसार फ्रेन्चाइजीले […]

पुरा पढ्नुहोस् ...

म्यानमारमा प्रदर्शनकारीलाई २० वर्षसम्म जेल हाल्न सक्ने !

एजेन्सी, फागुन ४ गते। म्यानमारको सेनाले आफ्नो विरोध गर्ने प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल हाल्न सक्ने चेतावनी दिएको छ । सेनालाई अवरोध पुर्‍याएको खण्डमा प्रदर्शनकारीलाई २० वर्षसम्मको जेल सजाय भोग्नुपर्ने चेतावनी दिइएको हो । म्यानमारमा निरन्तर सैन्य कूको विरोधमा प्रदर्शन भइरहेको अवस्थामा सेनाले यस्तो चेतावनी दिएको हो । यसअघि म्यानमारका प्रमुख सहरमा सेनाका ठूला गाडीहरु देखिएको […]

पुरा पढ्नुहोस् ...

बार्सिलोनाको सानदार जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित हासिल गरेको छ ।शनिबार राति भएको खेलमा कप्तान लियोनेल मेसी र ट्रिन्काओको समान दुई गोल तथा जुनियर फिर्पोको एक गोलको सहयोगमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसमाथि ५–१ को सानदार जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा भएको सो खेलको २९औं मिनेटमा बार्सिलोनाले ट्रिन्काओको गोलबाट अग्रता लिएको थियो […]

पुरा पढ्नुहोस् ...

प्रधानमन्त्री रोजगार कार्यक्रमः १५ हजारभन्दा बढी रोजगारीमा

काठमाडौं, फागुन २ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फागुन २ गतेसम्म […]

पुरा पढ्नुहोस् ...

आहा क्या सुन्दर झार्लाङ (भिडियो सहित)

गणेश हिमालको काखमा रहेको खनियाबास साविक झार्लाङ गाउँ प्राकृतिक रुपले अति नै धनि छ । लगभग १५०० देखि २००० जनसंख्या रहेको यो गाउँमा तामा र दलित समुदायको जनघनत्व रहेको छ । इसाई धर्मावलम्बीको बाहुल्यता रहेको यो गाउँमा मानिसहरु निकै मिहनेती रहेका छन । यहाँका मानिसहरु जिविको पार्जनका लागि कृषिमा निर्भर छन । स्थानिय सरकार आएपछि […]

पुरा पढ्नुहोस् ...

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि समर्थकबाट नाराबाजी

काठमाडौं, माघ २९ गते। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनको घरमै नाराबाजी शुरु भएको छ । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न घरमै प्रहरी पुगेको हो ।अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीहरुले रामकुमारी झाँक्री हाईहाई, केपी ओली बाईबाई भन्ने नारा गन्काएका छन् । नेतृ झाँक्रीलाई महानगरीय […]

पुरा पढ्नुहोस् ...

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघ्यो

एजेन्सी, माघ २९ गते । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४३२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ८३ हजार २०० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ८०६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ […]

पुरा पढ्नुहोस् ...

विपन्न चेपाङ समुदायलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

पाेखरा, माघ २७ गते । पोखरेली ख्रीष्टिय समुदायको सामाजिक पहलका रूपमा सामाजिक कार्य गर्ने उद्देश्यसहित स्थापित संस्था असल छिमेकी नेपालले मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. २ का ८५ र वडा नं. ५ का पनि ८५ गरी कुल १७० परिवारलाई खाद्यान्न सामाग्री तथा न्यानो कपडा वितरण गरेको छ । राहतका प्रत्येक घरपरिवारलाई लगभग ६,३४१ बरारको […]

पुरा पढ्नुहोस् ...