खुला ठाउँमा खाना खान आउनेलाई काठमाण्डौ महानगरले काम दिने

काठमाण्डौ, मंसिर ३ गते । काठमाण्डौ महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई काम दिने भएको छ । काम गर्न सक्नेहरुलाई हप्ताको दुईदिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । कसैको ठूलो परिवार छ भने उनीहरुमध्ये २ जनालाई काममा लगाउने र काममा लगाएबापत हप्ताको १४ सय रुपैयाँको […]

पुरा पढ्नुहोस् ...

आजदेखि सार्वजनिक ठाउँमा खाना खुवाउन बन्द

काठमाण्डौ, मंसिर २ गते । काठमाडौँ उपत्यकामा विगत लामो समयदेखि खुलामञ्च लगायत सार्वजनिक स्थानमा खाना खुवाउने कार्य गरिएकोमा आज देखि उक्त कार्य बन्द हुने भएको छ । स्वास्थ्य चुनौती र कोरोना सङ्क्रमण फैलिने जोखिमका कारण खुला ठाउँमा खाना खुवाउन रोकेर बन्द संरचनाभित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने भएको हो । काठमाण्डौ महानगरपालिका र भोजन […]

पुरा पढ्नुहोस् ...

कोरोना बीमा भुक्तानी रकम तत्काल उपलब्ध गराउन सरकारको निर्देशन

काठमाडौँ, कात्तिक २६ गते । कोरोना सङ्क्रमितलाई भुक्तान गर्नुपर्ने बीमाङ्क रकम तत्काल उपलब्ध गराउन सरकारले निर्देशन दिएपछि बीमा रकम धमाधम भुक्तानी हुन थालेको छ । बीमक सङ्घका महासचिव चङ्की क्षेत्रीका अनुसार सरकारको निर्देशनपछि सरकारी वा निजी जुनसुकै प्रयोगशालाको रिपोर्टका आधारमा तोकिएको बीमाको रकम उपलब्ध गराउन थालिएको छ । महासचिव क्षेत्रीका अनुसार अहिलेसम्म दुई हजार छ […]

पुरा पढ्नुहोस् ...

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं, २५ कार्तिक । नेपाली बजारमा केहि दिन देखि निरन्तर बढि राखेको सुनको मूल्य आज ह्वात्तै घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज मगंलबार तोलामा ३४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको […]

पुरा पढ्नुहोस् ...

अमेरिका निर्वाचन २०२०ः चुनावि अभियानमा कति खर्च हुन्छ, त्यो रकम कँहाबाट आँउछ  ?

एजेन्सी। सन २०१६ को निर्वाचन अभियानमा ६.५अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । अहिलेको निर्वाचन अलिकति फरक छ तैपनि ठुलो रकम र्खच भईरहेको देखिन्छ । विगतमा पाँचवटा निर्वाचनमा उम्मेदवारहरुले औसत २ अर्ब डलरभन्दा बढी खर्च गरेको देखिन्छ ।  यसको आधारभन्दा बढी प्रायःसंचार माध्यममार्फत प्रचार गर्न खर्च हुन्छ । टिभि विज्ञानहरु मंहगा हुन्नछन् ।  तर […]

पुरा पढ्नुहोस् ...

असल छिमेकी नेपालद्वारा ८५ घरधुरीलाई राहत वितरण

पोखरा, कार्तिक १९ गते । असल छिमेकी नेपालले म्याग्दीको धवलागिरी गाउँपालिकामा असार २५ गते गएको पहिरोको प्रभावमा परेका आर्थिक विपन्नता, कमजोर, वृद्ध र शारिरीक अपाङ्गता भएका ८५ घर धुरी परिवारहरुलाई राहत वितरण गरेको छ । पोखरेली ख्रीष्टिय समुदायको समाजिक अंग असल छिमेकीले प्रति परिवार २६८२ बराबरको खाद्यान्न सामाग्रीहरु गाउँपालिकाको समन्वय, स्थानिय वडा कार्यालयको प्रत्यक्ष रोहवरमा […]

पुरा पढ्नुहोस् ...

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

रासस दमौली, कात्तिक १८ गते। पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ । चितवनका मनिष […]

पुरा पढ्नुहोस् ...

गण्डकी प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्रीसँग सशुल्क उपचार गर्ने निर्णय सच्याउन आग्रह

पोखरा, कार्तिक ७ गते ।सरकारले कोरोना संक्रमितले आफ्नो खर्च आफै व्यहोर्नुपर्ने निर्णय गरेपछि चौतर्फि रुपमा आलोचना भयो । साथै एकपछि अर्को प्रदेशले संक्रमितको उपचार प्रदेश सरकारले गर्ने घोषणा गरे । गण्डकी प्रदेशको बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पनि संक्रमितको निशुल्क उपचार गर्ने निर्णय ग¥यो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार नै यसको घोषणा गरिसक्नुभएको थियो । […]

पुरा पढ्नुहोस् ...

अब विदेशी च्यानलमा विज्ञापन प्रसारण गर्न नपाईने

काठमाडौँ, कात्तिक ७ गते । नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न पाइने छैन । गत वर्ष कात्तिक ८ गते प्रमाणीकरण भएको विज्ञापन “नियमन” ऐन, २०७६ मा भएको व्यवस्थाबमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलको प्रसारण गर्नुपर्ने छ । नेपाली विज्ञापन बजारको प्रवद्र्धन गर्ने उद्देश्यसहित विज्ञापन ऐनमै विदेशी च्यानलमा […]

पुरा पढ्नुहोस् ...

बन्दिपुरमा २१ परिवारलाई कोभिड–१९ राहत वितरण

तनहुँ, कार्तिक ४ गते । कोभिड–१९ को महामारीले दैनिक जनजीवनमा पारेको असरलाई ध्यानमा राखी बिलिभर्स ईस्टर्न चर्च समुदाय नेपालले बन्दिपुर–६, तनहुँ साराङघाट तथा व्यास नगरपालिका–६ स्याम्घामा २१ परिवारलाई राहत वितरण गरेको छ । आर्थिक रुपमा एकदमै विपन्न परिवारलाई उनीहरुको दैनिक जीवनमा सहजता प्रदान गर्न समुदायले चामल, दाल, तेल, नुन लगायतका खाध्यन्न सामाग्री वितरण गरेको हो […]

पुरा पढ्नुहोस् ...

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पायो

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्‍याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो। यस वर्षको नोबेल शान्ति पुरस्कारका […]

पुरा पढ्नुहोस् ...

नेपालीको औसत तलब २० हजार

पोखरा, असोज २१ गते । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको राष्ट्रिय आर्थिक गणनाका अनुसार देशैभरका विभिन्न ठाउँमा कार्यरत कर्मचारीको औसत तलब २० हजारको रहेको छ । नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ । हालै सार्वजनिक कर्मचारीको तलब […]

पुरा पढ्नुहोस् ...

खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

रासस पोेखरा, असोज ६ गते । सरकारले असोज १५ देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । संस्कृति, पर्यटन […]

पुरा पढ्नुहोस् ...

पोखरा–काठमाण्डौं उडान भोलिदेखि

पोखरा, असाज ४ । कोरोनाको महामारीका कारण चैत्र दोश्रो हप्ताबाट बन्द रहेको पोखराबाट हुने आन्तरिक हवाई सेवा सोमबारदेखि सुरु हुने भएको छ । पोखरा विमानस्थलका कार्यालय प्रमुखका अनुसार सरकारले तयार पारेका सम्पुर्ण प्रोटोकल पालन गरेर आन्तरिक उडान सुरु गर्न लागिएको छ । सोमबार पोखरा काठमाडौँ पोखरा उडान भर्न बुद्ध एअर र यति एअरले टिकट बुकिङ […]

पुरा पढ्नुहोस् ...