कविता (सम्पुर्ण नर्सहरुमा सर्मपित )
परिचारिका
जब म तिमिलाई नियाल्छुु
तिमीभित्र फ्लोरेनन्स नाइटिङगेल देख्दछुु
किनभने
कयौँ दुखेका आत्माहरुको,
कयौँ घाइते शरीरहरुको,
तिमीले दिनरात सेवा गरेकी छौ
हो, यहि हो मानविय सेवा
जब म तिम्रो ओठमा हाँसो
र, व्यवहारमा शालिनता देख्छु
म संसार तिम्रै कारणले हाँसेको आभास
पाउँछु
किनभने,
तिम्रो मीठो मुस्कानले
चर्किएका,
थलिएका
र लम्पसार परेका
बिरामीहरुको मनमा
नयाँ पालुवा पलाए झैँ लाग्छ
र मर्न लागेकाहरुले शान्तिको सास फेरे झैँ
लाग्छ
हो, यहि हो मानविय धर्म
तिमीले हातमा इन्जेक्सन र औषधि लिएर
आउँदा,
शैयामा छट्पटाएकाहरु बाच्ने आशा देख्तछन
नयाँ जिन्दगीको सपना देख्तछन
त्यसैले,
तिम्रो बोली र व्यवहारमा
तिम्रो पहिरन र पेशामा
म मानव हुनुको सार्थकता देख्तछु
हो, परिचारिका म महानता
तिमीभित्रै देख्तछु
सुनिल घर्ती मगर
Ekdam ramro ..owo beautiful poem