एपिजे अब्दुल कलामका दश प्रभावकारी भनाईहरु

बिबिध मुख्य समाचार साहित्य

भारतका एघारौं राष्ट्रपति तथा बैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुकोे रामेश्वरममा भएको थियो । भारतका एघारौं राष्ट्रपति पनि भएका कलामलाई ‘मिसाइलम्यान’ पनि भनिन्छ । उहाँको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो । उहाँ जीवनभर अविवाहित रहनुभयो । बालकदेखि युवाहरुको माझमा प्रेरणाका स्रोत बनेर रहेका कलामका केही मननीय भनाइहरु छन् । जसलाई आत्मसात गर्नसके जीवनमा सफलता मिल्न सक्छ ।
 सबै चराहरुले बर्षातमा छहारीको खोजी गर्छन् । तर गरुडले त्यसको पर्वाह गर्दैन । किनकी गरुड बादलभन्दा माथि उड्छ ।
 जीवनमा पहिलो सफलतापछि रोकिनु हुँदैन । किनकी यदि तपाई अर्को प्रयासमा असफल हुनुभयो भने दुनियाँले तपाईको पहिलो                    सफलताको कारण तपाईंको भाग्यलाई ठान्नेछ, क्षमतालाई होइन ।
 असफलताले मलाई कहिल्यै पनि पछाडि पार्न सक्दैन, किनकी मेरो सफलताको परिभाषा एकदमै बलियो छ ।
 यदि तपाईं सूर्यझैं चम्किन चाहनुहुन्छ भने तपाईं पनि सूर्यजस्तै जल्नुपर्ने हुन्छ ।
 आकाशतिर हेर्नुस, हामी एक्लो छैनौं । पूरा ब्रह्माण्ड हाम्रो लागि अनुकूल छ । जो सपना देख्छन् र मेहनत गर्छन् उनीहरुले सोचेजस्तै                   प्रतिफल पाउने पक्का हुन्छ ।
 सपना त्यो होइन, जुन निदाएको बेला देखिन्छ । सपना त त्यो हो जसले निदाउन दिँदैन ।
 एउटा राम्रो किताब हजारौं साथी समान हुन्छ । जबकी एउटा असल साथी पूरै पुस्तकालय बराबर हुन्छ ।
 जीवनमा समस्याहरु हामीलाई बर्बाद गर्नको लागि आउँदैनन् । यिनीहरुले हामीभित्र लुकेर रहेको सामर्थलाई बाहिर निकाल्न हामीलाई              मद्दत गर्छन् ।
 समस्यालाई थाहा हुन दिनुस कि तपाई समस्याभन्दा पनि बलियो हुनुहुन्छ ।
 देशको सबैभन्दा तीक्ष्ण दिमाग कक्षाकोठाको अन्तिम बेन्चमा भेटिन सक्छ ।
 तपाईंको सपना पूरा हुनका लागि तपाईंले सपना देख्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *