हिमाञ्चलमा प्रतिभा प्रदर्शन
विद्यार्थीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने साथै अझै उजागार पार्ने उद्धेश्यले हिमाञ्चल बोर्डिङ स्कुलमा प्रतिभा प्रदर्शन कार्यक्रम भएको छ । कार्यक्रममा विद्यार्थीहरुले आफुमा भएको प्रतिभा प्रस्तुत गर्ने क्रममा विभिन्न गीत, हाँस्यव्यंग्य, नाटक, कविता, बिट बक्स, खेलका विभिन्न क्षमताहरु, वाद्य बाधन प्रदर्शन गरेका थिए । प्रतिभाको सम्मानको निम्ति तीन तहमा उत्कृष्ठ प्रतिभालाई छनौट गरिएको थियो जसमा कक्षा २ देखि चार सम्म प्रथम रिदम बोगटी, द्वितीय आविस्कार लामिछाने, तृतीय रौनक थापा र प्रान्जल राउत तथा रजनिस गुरुङको समुहले सान्त्वना पुरस्कार पाएको थियो त्यसैगरी कक्षा ५ देखि ७ सम्मको तहमा प्रथम सफल राउत, द्वितिय दिप्सन थापा, बिनम गुरुङ र आयुसा थापाको समुह, तृतिय मौसम सुनार, सबिन गुरुङ र प्रज्वल सोतीको समुह र युरिष शेरचन तथा बिश्वहाङ राईको समुहले सान्त्वना पुरस्कार पाएको थियो । कक्षा ८ देखि १० सम्मको तहमा निशान्त घले तथा सलोन गुरुङको समुह प्रथम, द्वितीय एन्जिला गुरुङ र आशिष गुरुङको समुह, तृतीय स्वर्णिम गुरुङ साथै रजित क्षत्री तथा बनिष ज्वारचनले सान्त्वना पुरस्कार पाएका थिए । कार्यक्रमको सन्चालन विद्यार्थीहरु सृष्टि राउत, सफल खड्का, कृष्टिना पुन, एलिष्मा गुरुङ, सफल सुवेदी, एन्जिला गुरुङले गरेका थिए । निर्णायकको रुपमा शिक्षकहरु सुबास बि.क, निर्मल भण्डारी (सह–प्राचार्य), कमला शर्मा हुनुहुन्थ्यो ।
कार्यक्रम निकै नै रोचक तथा मनोरञ्जनात्मक रहेको थियो । कार्यक्रमको सम्पुर्ण व्यवस्थापन अतिरिक्त क्रृयाकलाप प्रमुख तथा विज्ञान शिक्षक प्रज्वल गिरी, तथा अन्य शिक्षक र विद्यार्थीहरुले गरेका थिए । कार्यक्रमको सभापतिको रुपमा रहनुभएका विद्यालयका निर्देशक धु्रव के.सीले विद्यार्थीका उत्कृष्ट प्रतिभाले आफू निकै खुसी भएको र ती प्रतिभालाई अझै मलजल गर्न सके भविष्यमा समाज र देशको लागि ठूलो योगदान पुग्न सक्ने भनेर आफ्ना विचार प्रकट गर्नुभयो ।