लाइसेन्सको आवेदन दिन समस्या, अनलाइन प्रणालीले काम गरेन

आर्थिक मुख्य समाचार विज्ञान तथा प्रविधि

अनलाइनखबर
शुक्रबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरे पनि सर्वसाधारणले आवेदन दिन नमिलेर हैरान भएका छन् । यातायात व्यवस्था विभागको अनलाइन प्रणालीले काम नगर्दा सर्वसाधारणले आवेदन नै दिन सकेका छैनन् । विहान १० बजेदेखि नै अनलाइनमार्फत आवेदन दिन सक्ने भनिए पनि विभागको अनलाइन प्रणाली नै चलेको छैन । झण्डै एक महिना बन्द भएकाले सवारी चालक अनुमतिपत्र लिन धेरै सर्वसाधारण प्रतीक्षामा थिए । यातायात व्यवस्था विभागका एक प्राविधिकले भने धेरै मानिसले एकैपटक आवेदनको प्रयास गरेकाले अनलाइन प्रणालीले लोड धान्न नसकेको बताए । ‘अहिले पनि केही रिक्वेस्टहरु आइरहेको छ, तर धेरै मानिसहरुले एकै पटक आवेदन गर्दा सिस्टमले काम नगरेको हो’ उनले भने । देशभरीको आवेदन एउटै सिष्टममा आउने भएकाले लोड धान्न नसकेको उनले बताए । ‘हामीले स्पेस थप्न लागिरहेका छौं’, उनले भने ‘यो समस्या आज बेलुकासम्म समाधान हुन सक्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *