३५ लाखको कार

लेख / रचना साहित्य

एकादेशमा एक जना यस्तो व्यक्ति थियो, जो हरेक साँझ बिहान घरमा संघर्ष गर्दै जादा धेरै पैसा कमायो र उनले एक दिन ३५ लाखको कार किन्यो र आनन्द र शानसंग ऊ अफिस गयो, हिजो सम्म साधारण तरिकाले हिड्ने व्यक्ति आज कार चढेर हिड्दा अति शान सम्झयो, साँझ घरमा आयो र रमाईलो संग खाना खाई छाती फुलाएर शान संग सुत्यो, बिहान उठयो र कार लाई चिरिच्याट पार्नतर्फ लाग्यो । उसले एक हातमा पानी भएको बाल्टी र अर्काे हातमा रुमाल समाती अगाडीको साइड बाट दाहिने साइड तर्फ सफा गर्दै थियो र उसको एक छोरा र पत्नी पनि थिईन छोरो पनि बाबाले कार सफा गरिरहेको देखेर त्यही आयो, छोरो भर्खर २ कक्षामा पढ्दै थियो । छोराले पनि बाबाले कार पुछिरहेको देखेर एउटा ढुङ्गाले देव्रे साइड तिर गई कोर्दै थियो । बाबु चाहिँ दाहिने साईड सफागरी छोरा भएको साईड आइपुग्यो तब छोराले कार लाई ढुङ्गाले कोरी रहेको देख्यो । कारको नट कस्ने रेन्चीले मेरो ३५ लाखको कारमा कोर्तने तेरो यहि हात होईन भनि रेन्चीले त्यो सानो छोराको कलिलो हातमा हिर्कायो । त्यो बालक रोयो, रोएको सुनेर भित्रबाट आमा आएर के भयो र के गर्नुभयो भन्दै कराउन लागिन छोरो बेहोस भयो छोरालाई काखमा च्यापेर नजिकैको ट्यक्सी मगाएर आमाले छोरालाई हस्पिटल लगिन डक्टरहरुले जे जे गनुपर्ने हो गरे केहि बेरमा छोरो वेहोसबाट विउभ्mयो तर डाक्टरले आमालाई भने, छोराको चारओटा औला त फाल्नु (काट्नु) पर्ने भयो भने, त्यो उपचार खर्चको लागि आमासँग प्रयाप्त पैसा थिएन पैसाकै लागि श्रीमानलाई फोन गर्नुपर्यो श्रीमानचाहिँ छोराको मतलव नगरिकन कार सफा गरि अफिस गएका थिए र श्रीमतिले बुढालाई फोन गरिन र भनिन छोराको चार ओटा औला घरमा नआउने भयो ।
श्रीमानले भने, “किन के भयो र ?”
“तपाईले विहान हानेको विर्सनु भो ?”
तब त्यसो भनेको सुनेर त्यो ३५ लाख कारको मालिक एक्कासि छाँगाबाट खसेको जस्तो भयो र छिटै कार लिएर हस्पिटल आयो र डक्टरलाई सोध्यो साँच्चै चार ओटा औला फाल्नु पर्ने भयो र ? डक्टरले हो, भनिदिए । र बल्ल उसलाई चिन्ता पर्यो र रुन कराउन लागे । आँखावाट आँसु आयो । छोरा भित्र थियो उसको दुखाईहरु कम भइसकेको थियो । त्यसपछि डक्टरले बुबालाई भेट्न लाई दिए । बल्ल छोरालाई काखमा लिएर मेरो बाबु भनि रुन लाग्यो । केहि बेरपछि डक्टरले छोरालाइ आराम गर्न भने र बाबुले छोरालाई सुताए । छोराले निराश र रोई रहेको बाबालाई हेर्दै भन्यो, बाबा मेरो चार ओटा औला फेरी पलाउँछ कि पलाउँदैन नी ? छोराको यो प्रश्न ले बुबालाई खपिनसक्नु भयो र त्यहाँवाट बाहिर निस्कियो र आफ्नो ३५ लाख को कार भएको ठाउँमा गयो र त्यो छोराले विहान कोतारेको ठाऊँमा गई हेर्याे, खालि आँखाले हेर्दा कहि कतै कोतारीएको ठाउँ देखिएन र उसले आफनो सर्टको गोजीमा रहेको चस्मा निकालेर नियालेर हेर्यो । चस्मा लगाउदा त्यहाँ त आई लभ यू डयाड (I LOVE YOU DAD) लेखेको रहेछ । अझ उसलाई पिडा भयो छोराले मलाई माया गर्दछु भनि लेख्दा छोरा अपाङ्ग हुनुपर्यो अर्थात चारओटा औँला फाल्नुपर्ने भयो । उसको दिमागमा बल्ल सोचाई आयो अर्थात चिन्तन गर्न लाग्यो यदि मैले छोरालाई सम्झाएको भए यदि मैले त्यो कोराई पढेको भए यदि मैले ३५ लाखको कारको भन्दा छोराको माया र धनको घमण्ड नगरेको भए के यस्तो हुने थियो र भनि सोच्यो । ऊ छोराकै कारण लामो सोचाई र दुखका कारण मानसिक सन्तुलन गुमाउन पुग्यो । र उसको अन्तिम अवस्था सम्म उसकी श्रीमती र अपाङ्ग छोराले स्याहार सुसार गर्नु पर्यो । र छोराले कहिल्यै बाबुको माया पाएन र श्रीमति कम उमेरमै विधवा हुन पुुगिन । र श्रीमानको उपचारको लागि त्यो ३५ लाखको कार बेच्दा पनि डाक्टरहरुले बचाउन सकेनन ।
कमै उमेरमा विधवा हुन पुगेकी ती आमा र बाबा लाई आई लभ यू भन्दा कमै उमेरमा अपाङ्ग हुन पुगेका आमा छोरालाई थप कष्ट माथी थप कष्ट थपियो ।
मानिसको जिवनमा जति सुकै धन वा शान आर्जन गरे पनि नता मानिसलाई धनले बचाउन सक्छ नता शानले । त्यसैले हामीले आफना घमण्ड त्यागी यो क्षणिक जिवनलाई खुशी, सजिलो र समृद्धि तर्फ बढाऔँ ।
(यी प्रकारका कथा, घटना हामी पहिले नै सुनिसकेका हुन सक्छौ तर यसले हामीलाई थप संयम बनाउन मद्दत पुयाउँछ ।)
रामप्रसाद पौडेल, पोखरा

 Email : rppoudel333@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *