तनहुँमा पहिरोमा परि २ जनाको मृत्यु, ९ जना बेपत्ता, खोजीकार्य जारी

बिबिध

पोखरा, असार २९ । केहिदिन यता अविरल वर्षको कारण नेपालका विभिन्न ठाउँमा बाढी अनि पहिरोको कारण थुप्रै धनजनको क्षति भएको छ । त्यसैक्रममा गएराति तनहुँ विभिन्न ठाउँमा पहिरोमा परेर २ जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका ६ बेलौतेडाँडा स्थितमा घर माथीबाट पहिरो आई घर भत्कन जादाँ एक जनाको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर १७ बर्षिया लक्ष्मी बिकको मृत्यु भएको हो । उनलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली लगिएको थियो र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसैगरी तनहुँ व्यास नगरपालिका ९ माझफाँट बस्ने वर्ष ७० की मैत कुमारी घर्तीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्याल पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । त्यसै गरि रिसिङ गाउँपालिका ८ पल्टयाङ भैसिलिकिमा पहिरो जादाँ ५ जना बेपत्ता भएका छन् भने १ जना घाइते भएका छन् ।
अनबहादुर थापाको २ वटा घर माथीबाट आएको पहिराले पुरिदा उनकी श्रीमती ६० बर्षिय ज्योतिमाया थापाको प्रहरीले उद्धार गरेको छ । अर्को घरमा रहेका ५ जना पुरिएर वेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । प्रहरीको टोलीले पाँच जनाको खोजीकार्य गरीरहेको छ ।
बेपत्ता हुनेमा थापाका जेठो छोरो ३० बर्षिय भेषबहादुर थापा, २९ बर्षिय नानुमाया थापा, ५ बर्षिय छोरी अमिषा थापा, २२ बर्षिय २२ महादेव थापा र १९ बर्षकी मनिसरा थापा रहेका छन् । त्यसै गरी तनहुँ व्यास नगरपालिका ९ माझफाँटमा ४० बर्षियकी कमला थापा, २४ बर्षिय मनोज थापा, २० बर्षिय राजेश थापा र २१ बर्षिय अन्जना थापा बेपत्ता रहेको रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *