नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्यो, कुल संक्रमित संख्या १४०१
पोखरा, जेठ १७ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लु नगरपालिका वडा नः ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको हो। गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । दुल्लू नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले ३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको र कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा कोरोना संक्रमित बाट मृत्यु हुने पहिलो ब्यक्ति हुन ।
त्यस्तै पछिल्लो परिक्षणमा थप १८९ जनामा कोरोना पुष्टि भएको छ साथै कुल सङ्ख्या १४०१ पुगेको छ । सङ्क्रमित हुनेमा पुरुष एकहजार २८८ र महिला ११३ छन् । आज थप हुनेमा कपिलबस्तु ११४, धनुषा ७, झापा १, ललितपुर १, महोत्तरी ४, रौतहट ६, सर्लाही १७, सिराहा ११, सप्तरी ९, दाङ ५, दैलेख १४, पर्सा २, बारा १ र संखुवासभाका २ जनालाई सङ्क्रमित पुगेको छ । सङ्क्रमित जिल्ला ५३ पुगेको छ । त्यसैगरी, थप १३ जना डिस्चार्ज भएका छन । योसँगै निको भएर डिस्चार्ज हुने २१९ पुगेको छ ।
प्रादेशिक विवरण अनुसार प्रदेश १ मा १६०, प्रदेश २ मा ५४७, बाग्मती प्रदेशमा ४५, गण्डकीमा २०, प्रदेश ५ मा ५४७, कर्णालीमा ६१ र सुदूरपश्चिममा २१ जना सङ्क्रमित भएका छन्