कोसी अस्पतालमा उपचाररत आठ सङ्क्रमित कोरोनामुक्त

नेपाल मुख्य समाचार स्वास्थ्य

विराटनगर । उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिकसहित भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएका छन । उनीहरुको विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत भएको थियो । डिस्चार्ज हुनेहरूमा गत वैशाख ५ गते भर्ना गरिएका भारतीय नागरिक मो.सबिर, मो.सलौना, अहमद साइद, सलमान खान र मोरिस खान रहेका छन । यसैगरी उदयपुर भुल्केका इद्रीश मियाँ गुड्डु आलम र मुस्ताकी रहेको अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उदयपुरका तीनजना नागरिकमा वैशाख ९ गते सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदयपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाइने भएको छ ।
कोभिड–१९ उपचार केन्द्रबाट यसअघि १७ जना डिस्चार्ज भइसकेका छन । बुधबार आठ जनासहित विराटनगरबाट कोरोना परास्त गरी डिस्चार्ज हुनेको सङ्ख्या २५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *