विश्वप्रख्यात ख्रीष्टियान अपोलोजिष्ट रवि जकरियासको स्वर्गिय प्रस्थान

अन्तराष्ट्रीय खबर मुख्य समाचार सुसमाचार

उनी भन्थे “मानिसका आपत्ति र प्रश्नहरु खण्डन गरिनुपर्ने कुराहरु होइनन तर उनीहरुको हृदयको चित्कार हो जसलाई जवाफ दिइनुपर्छ” ।

विश्वप्रख्यात ख्रीष्टियान रवि जकरियासले ७४ वर्षको दिर्घाआयुमा देह त्याग गरेका छन । विश्वप्रख्यात प्रचारक, रक्षाशास्त्री तथा रवि जकरियास इन्टरन्यासनल मिनिस्ट्रीजका अध्यक्ष मे १९मा अमेरिका, एटलान्टा अवस्थित आफ्नै घरमा रहेका अवस्थामा प्रभुमा सुतेका छन । उनलाई मेरुदण्डमा दुर्लभ प्रकारको क्यान्सर थियो । केहि समय अघि देखी नै उहाँलाई मेरुदण्डमा समस्या भई शल्यक्रिया गरिरहेको खबर हामीले पाएका थियौँ । मार्च महिनामा रविले आफुलाई दुर्लभ खालको सरकोमा नामको क्यान्सर भएको बताएका थिए । उनी उच्च स्तरिय डाक्टरको साथमा उक्त रोगसँग संघर्ष गरिरहेको थिए । उनकी छोरीले बताएअनुसार लगभग दुईहप्ता अघिदेखिनै औषधी उपचारको असर कम भएको थियो ।
रवि जकरियासले सन १९८४ मा इन्टरन्यासनल अपोलोजेटिक्स मिनिस्ट्री RZIM सुरु गरेका थिए । उनलाई जीवनका सबैभन्दा ठूला प्रश्नहरुको स्पष्ट उत्तरको लागि दशकौँसम्म उनको खोजी गरिन्थ्यो । उनी एक प्रख्यात लेखक, बहसकर्ता र शिक्षाविद थिए । उनी भन्थे “मानिसका आपत्ति र प्रश्नहरु खण्डन गरिनुपर्ने कुराहरु होइनन तर उनीहरुको हृदयको चित्कार हो जसलाई जवाफ दिइनुपर्छ” । मानिसहरु समाधानको लागि पर्खिरहेका तार्किक समस्याहरू होइनन तिनीहरू ती व्यक्तिहरू हुन जसलाई ख्रीष्टको व्यक्तित्व चाहिएको छ । जसले उहाँलाई राम्ररी चिन्थे उहाँ एक दयालु, कोमल र आत्माको उदारताको लागि समर्पित व्यक्ति भनेर उहाँलाई सम्झनेछन । येशू ख्रीष्टमा र उहाँमार्फत आफूले जानेको प्रेम र दयाको कुरा, आफूले भेटेका सबैसँग बाँड्न चाहने व्यक्ति उनी थिए । उनी सँधै छक्क पर्थे कि कसरी परमेश्वरले एक १७ वर्षे शंकालु, निराश र अविश्वासी केटालाई महिमित आशाको निम्ति बोलाउनुभयो र वचनको सत्यतामा विश्वास गर्न लगाउनुभयो र त्यहि सन्देशलाई उनले संसारभरी नै छर्दै हिँडे ।
सन २०२० मे १९मा ७४ वर्षको उमेरमा देहत्याग गर्ने रविको श्रीमति मार्गी, तीन सन्तान सारा जो आर जेड आई एमकी ग्लोबल सिईओ हुन, नाओमी जो वेलस्प्रिङ इन्टरन्याशनलकी डाइरेक्टर हुन र नेथान जो आरजेआईएमका मिडियाका क्रियटिभ डाईरेक्टर हुन र पाँचजना नातिनातिना छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *