चीनको वुहान पुग्यो डब्ल्यूएचओको टिम

एजेन्सी, माघ १ गते । विश्व स्वास्थ्य सङ्गठन ‘डब्ल्यूएचओ’ को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो । १० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, […]

पुरा पढ्नुहोस् ...

नेपाललाई रुसले दिनेभयाे २ करोड ५० लाख डोज कारोना खोप

एजेन्सी ।नेपाललाई रुसले विकास गरेको कोरोनाविरुद्धको खोप दिन सक्ने बताएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।विभिन्न मुलुकमा Sputnik v खोप उपलब्ध गराउने सम्झौता गर्दै आएको रुसले नेपाललाई पनि खोप दिने भएको हो । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । […]

पुरा पढ्नुहोस् ...

भारतमा एभिअन फ्लूका कारण हजारौँ पन्छीहरू मारिदै

भारतका विभिन्न ठाउँमा पन्छीहरुमा फ्लू देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको जनाइएको छ। त्यहाँ धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका बताइएको छ । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ। त्यहाँ मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ। केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द […]

पुरा पढ्नुहोस् ...

नेपालमा पनि ३ जनामा देखियो बेलायतमा विकसित नयाँ कोरोनाको संकेत

काठमाडौ, पौष २२ गते ।नेपालका पनि तीन जनामा बेलायतमा विकसित कोरोना भाइरसको नयाँ भेरिएन्ट “नयाँ प्रजाति”को संक्रमण भएको संकेत पाइएको छ। इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो। तर हामीकहाँ भएको सिस्टमले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप […]

पुरा पढ्नुहोस् ...

चिनको बेइजिङमा हजारौंले लगाए खोप

रासस–एएफपी । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् । दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ […]

पुरा पढ्नुहोस् ...

भारतमा उत्पादित खोप नेपालमा केही महिना निर्यात नगरिने

काठमाडौं, पुस २० गते । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि एक अर्ब खोप उत्पादन गर्नेछ । विश्वका अधिकांश विकसित राष्ट्रले कोरोनाविरुद्धको खोप पहिले नै […]

पुरा पढ्नुहोस् ...

भारतका दुई कोरोनाविरुद्धको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति

एजेन्सी । भारतका दुई कम्पनीको कोभिड–१९ विरुद्धको खोप स्वीकृत भएको छ। इन्डिया ड्रग्स रेग्युलेटरले सीरम इन्स्टिच्युट कोभिशील्डपछि अक्सफोर्ड र भारत बायोटेकको कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएको हो। ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाका अनुसार कोभिशील्ड भ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी भएको बताएको छ। त्यस्तै कोभ्याक्सिन भारतको भ्याक्सिन हो जसलाई भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँग मिलेर […]

पुरा पढ्नुहोस् ...

देशभर ४१९जनामा थप कोरोना संक्रमण , सक्रिय संक्रमितको संख्या ५७११

पोखरा पुष १८ गते । ( नेपालमा पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । ५ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ […]

पुरा पढ्नुहोस् ...

के हो बीमा ? जानीराखौँ

आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टीलाई सामान्यतया बीमा भन्ने गरिन्छ । बीमा गर्दा बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच सम्झौता हुन्छ । भोलि कसलाई के हुन्छ भन्ने निश्चित नै छैन । आर्थिक तथा भौतिक क्षति जे पनि हुन सक्छ । त्यसैले भोलिका दिनहरुमा सम्भावित जोखिमबाट बच्न गरिने एक प्रकारको सुरक्षाको सम्झौतालाई […]

पुरा पढ्नुहोस् ...

छ सय ५९ जना थपिए, सात सय १८ सङ्क्रमित निको

काठमाडौं, पुस १३ गते ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका छ सय ५९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५८ हजार ८४० पुगेको छ । हालसम्म १९ लाख १५ हजार २३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार ५७८ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा […]

पुरा पढ्नुहोस् ...

विश्वभर कोरोनाले १७ लाख ५४ हजारको मृत्यु

पोखरा, पुष १२ गते । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १७लाख ५४ हजार ४९३ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ३९३ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्व भर कोरोना संक्रमितको संख्या ७ करोड ९२ लाख ३२ हजार ५५५ पुगेको छ । पछिल्लो २४ […]

पुरा पढ्नुहोस् ...

विश्वभर फैलियो कोरोना भाइरसको नयाँ स्वरूप

एजेन्सी ।  कोरोनाको नयाँ स्वरूप झन् बढी संक्रामक, छोटो समयमै संक्रमण युरोपबाट अमेरिका र एसियासम्म फैलियो । कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा विश्वभर फैलिएको वर्ष दिनभन्दा बढी भइसकेको छ । अहिलेसम्म देखिएको रोगमध्ये संक्रामक र धेरै हदसम्म घातक देखिएको कोरोना भाइरसको प्रभाव अझै उस्तै तीव्र छ । यसको रोकथाम गर्न मद्दत गर्ने केही भ्याक्सिन प्रयोगमा आएका छन् । […]

पुरा पढ्नुहोस् ...

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु

पोखरा, पुष ९ गते । तनहुँको म्याग्दे गाउँपालिका- ५का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड-१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ ५ बजेर २० मिनेटमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक […]

पुरा पढ्नुहोस् ...

कोरोना खोपमा सुंगुरको मासु प्रयोग, धार्मिक समुदायमा विवाद

एजेन्सी । एकतर्फ कयौं कम्पनिहरु कोभिड १९ खोप तयार गर्न जुटेका छन् र कयौं देश प्रभावकारी तथा सुरक्षित खोप हासिल गर्ने तयारी गरिरहेका छन् । अर्को तर्फ केही धार्मिक समुह खोपमा प्रयोगमा भएका कच्चा पदार्थलाई लिएर विवाद उठाइरहेका छन् । ती धार्मिक समुहले धार्मिक रुपमा प्रतिबन्धित सुंगुरको मासुले बनेका बस्तुलाई लिएर आपत्ती जनाएका छन् । […]

पुरा पढ्नुहोस् ...