मस्तिष्क पक्षघात भएकाहरुको लागि संचालित दिवा सेवा केन्द्रको उद्घाटन सम्पन्न

समाचार स्थानिय समाचार

पोखरा महानगरपालिका १३ मियापटन स्थित वि.पी .मार्गमा मस्तिष्क पक्षघात सम्बन्धि अपाङ्गता भएका वालबालिकाहरुको अविभाबकहरुको समूह “मस्तिष्क पक्षघात संरक्षक समूह ” को सक्रियतामा उक्त वालबालिकाहरुलाइ सेवा प्रदान गर्नको लागि दिवा सेवा केन्द्र संचालनमा ल्याएको छ। संचालनमा आएको केन्द्रबाट हाल ९ जना वालबालिकहरुले प्रत्यक्ष सेवा लिइ रहेका छन् भने पोखरा लगायत यस आसपासमा छरिएर रहेका अन्य मस्तिष्क पक्षघात सम्बन्धि अपाङ्गता भएका वालबालिकाहरुलाइ पनि सेवा दिनु केन्द्रको लक्ष्य रहेको जनाएको छ।
अन्तराष्ट्रिय मस्तिष्क पक्षघात दिवसको अवसर पारेर पोखरा महानगरपालिका १३ को वडा अध्यक्ष दर्सन लामाले ह्युइल चेअर गुडाएर उक्त केन्द्रको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष लामाले केन्द्र संचालनको लागि एक वर्षको घर भाडा वडा नम्वर १३ ले जिम्मा लिनुका साथै मुख्य सडकदेखि केन्द्र सम्म जोडिने कच्ची बाटो अपाङ्ग मैत्री बनाइ दिने र वालबालिकहरुको स्वास्थ्य जांचको लागि स्वास्थ्य कर्मीहरु उपलव्ध गराई दिने प्रतिवद्दता जनाएका थिए । बाल रोग विशेसज्ञ डा. रामचन्द्र बास्तोलाले मस्तिष्क पक्षघात भएका बालबालिकाहरुलाई परिवारले मात्र नभई समाजले पनि सेवा गर्नु पर्नेमा जोड दिएका थिए भने राष्ट्रिय अपाङ्ग माहासंघकी केन्द्रिय सदस्य प्रमिला जोसीले अपांगता भएकाहरुको अधिकार प्राप्तिको लागि राज्यको ध्यान केन्द्रित गराउने बताएकी थिइन । विगत १२ वर्ष देखि मस्तिष्क पक्षघात सम्बन्धि अपाङ्गता भएका वालबालिकाहरुको क्षेत्रम काम गर्दा आइ रहेको सस्था साथि संसार नेपालको कार्यक्रम संयोजक नारायण अधिकारीले साहित्यकार झमक घिमेरेको उदाहरण दिदै मस्तिष्क पक्षघात भएका बालबालिकाहरु अपाङ्ग नभई फरक तथा विषेस क्षमताले युक्त व्यक्तिहरु भएको टिप्पणी गरेका थिए । कार्यक्रममा बोलेका अधिकांस वक्ताहरुले मानव निर्मित कृतिम भगवानको भन्दा यी निर्दोस र असहाय जिउदो भगवानको सेवा गरि पुण्य आर्जन गर्न सुझाएका थिए।
कार्यक्रममा गण्डकी निर्माण समन्वय प्रालिका अध्यक्ष रामजी सिके,आदर्स समाज दैनिकका कार्यकारी सम्पादक नविन सिग्देल ,सुनौनो विहानी केन्द्र लेखनाथका अध्यक्ष मिलन केसी ,लायन्स क्लब अफ मेट्रोसिटिका अध्यक्ष सुशील केसी र अपाङ्गता भएका बालबालिका हरुको
प्रतिनिधित्व गरेर वविता गुरुंगले बलेका थिए। सेवा केन्द्रको सहयोगार्थ गण्डकी निर्माण समन्वय प्रालिले रु.५०००० र प्रमिला जोसीले रु.१००००
सहयोगको घोषणा समेत गरेका थिए ।
मस्तिष्क पक्षघात संरक्षक समूहको अध्यक्ष रमेश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सस्थाको सचिव चेतनाथ अधिकारीले
गरेका थिए भने स्वागत मन्तव्य सह सचिव सुनिता आचार्यले दिएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *