पोखरामा भिषण असिना पानी, रुखबिरुवा लगायत तरकारी बालीमा क्षती
पोखरा । आज सोमबार पाखरामा मौसम परिवर्तन भई दिऊसो लगभग ३ः२० बाट परेको असिना पानी तथा हावाहुरीले तरकारी बाली लगायत रुख बिरुवामा क्षती पुर्याएको छ । असिना पानीबाट पोखरा ६, ७,८ र अन्य स्थानका तरकारी बाली र फलफुलमा क्षती पुर्याएको हो ।
बिशेष गरेर बारीमा लगाएको काक्रो, घिरिम्लो, लौका, गौलभेडा, सिमि लगाएतका तराकारी खेती ध्वस्त भएको छ। त्यसै गरी बारीमा लगाएको मकैमा समेत नराम्रो क्षति पुगेको जानकारीमा आएको छ । साझँ सम्म पानी लगातर परे पनि असिना केही समय परेको थियो ।
असिनाले कति क्षती पुग्यो भन्ने सम्पुर्ण जानकारी भने आएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपि रविन्द्र गुरुङले असिनाले क्षती गरेको भन्दै कसैले पनि प्रहरीमा जानकारी नदिएको बताए ।
पोखराका लेकसाइड, सभागृह, महेन्द्रपुल, पृथ्वीचोक, विरौटाचोक, नयाँबजार, न्यूरोड लगायत क्षेत्र जलमग्न भएका थिए । उचित ढल व्यवस्थापन हुन नसकेका कारण पार्किङ गरी राखिएका स्कुटर तथा मोटरसाइकल पानीको भेलमा परेका थिए ।