दुई दिने प्राथामिक स्वास्थ्य कार्यकर्ताको तालिम सम्पन्न
नेपाल राष्ट्र प्राकृतिक सौन्दर्यता धनी देश हो । असिमित स्रोत र साधनहरु पनि प्रशस्तै यहाँ पाइन्छन् । अर्कोतिर प्राकृतिक र भौगोलिक रूपमा बेला बखतमा देशका बिभिन्न जाति, प्रजाती, भेषभूषामा रहेका मानिसहरुले प्राकृतिक प्रकोप जस्ता विभिन्न आपत विपतले बेला–बेलामा दुःख एवं शास्ती भोग्नु पर्ने हुन्छ । अब नेपालका इसाईहरु प्रेम, एकता र विश्वास अगाडि बढ्नुपर्छ, पवित्र धर्मशास्त्रमा उल्लेखित घटना असल सामरीले गरेको छिमेकीप्रतिको प्रेम जस्तै होऊ भन्ने उद्धेश्का साथ रेस्क्यु नेट्वोर्क नेपालद्वारा आयोजित प्राथामिक स्वास्थ्य कार्यकर्ताको तालिम सम्पन्न भएको छ ।
सबै किसिमको विपदमा आफु, परिवार र छिमेकीको उद्वार गर्न तयार हुनुपर्छ । मिति २०७५ आश्विन १७ गतेदेखि १८ गतेसम्म ३२ जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वास्थ्य प्ररिक्षण, व्यक्तिगत सु–स्वास्थ्य रेखदेख सम्बन्धी विभिन्न तालिमहरु सिकाईएको थियो । कार्यक्रमको संयोजन पाष्टर प्रमोद शर्माले गर्नुभएको थियो । तालिम लिनुभएका सम्पूर्ण व्यक्तिहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो भने उक्त तालिम परमेश्वरको वचन मण्डली, तल्लो गौंडामा सम्पन्न भएको थियो ।