पहिलो सिजनको फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै सर्लाहीकी १८ वर्षीया कविता नेपालीले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छन्। फ्रस्ट रनरअप बनेकी प्रगति पुनले ६ लाख रूपैयाँ जितिन् भने सेकेन्ड रनरअप सरोज मोक्तान चार लाख नगद पाएका छन् ।
समापन समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रबन्ध निर्देशक लक्ष्मीप्रसद पौड्याल र अन्नपूर्ण पोस्ट्का प्रधानसम्पादक हरिबहादुर थापासहितले विजेताहरूलार्इ पुरस्कार वितरण गरे । ग्रान्ड फिनालेका क्रममा बुगीवुगीका टप १८ कलाकारहरूले पनि नृत्य प्रदर्शन गरेका थिए
सर्ला।