पाेखरामा के हुदै निषेधाज्ञ ? खुल्ने वा नखुल्ने

मुख्य समाचार समाचार
  1.  आइतबार राति १२ बजेसम्म पोखरामा लगाइएको निषेधाज्ञाकाे अन्त्य होला कि नहोला ? यो पाेखराबासिहरुमा चासोकाे बिषय भएकाे छ । पोखरामा संक्रमितको संख्या बढ्दै गएकाले निषेधाज्ञा थपिनेमा धेरैको दावी छ ।

अर्कोथरीले निषेधाज्ञा जारी गरे पनि संक्रमितको संख्या नघटेकाले अब खुल्ने दावी गरेका छन् । पोखरामा गत मंगलबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म लागू हुने निषेधाज्ञा गरि जारी गरिएको थियो ।

यसमा सरोकारवाला निकायले निषेधाज्ञाको मिति थप गर्नु भन्दा पनि नयाँ मोडालिटी अपनाउने विषयमा छलफल अघि बढाएका छन् । निषेधाज्ञा जारी गरे पनि कोरोना संक्रमितको संख्या नघटेपछि बन्द गर्नुभन्दा खोल्नु नै उत्तम हुने निष्कर्षमा यी निकायहरु पुगेको बताएको छ ।

स्रोतका अनुसार संक्रमितको संख्या बढी भएको ठाउँलाई शिल गर्ने र अन्यत्र खुला गर्ने विषयमा पनि छलफल भइरहेको छ । यस्तै निषेधाज्ञा खुल्यो भने सार्वजनिक सवारी साधन तत्काल नखोल्ने, बढी भिडभाड हुने ठाउँ पूर्णरुपमा बन्द गर्ने, मानिसहरुलाई भेला हुन नदिने विषयमा पनि छलफल भइरहेको छ ।

यद्यपि थप एक साता निषेधाज्ञा गर्ने विषयमा कास्की जिल्ला प्रशासनले छलफल अघि बढाएको बताइएको छ । यसका लागि प्रदेश सरकार र स्थानीय निकायसंग छलफल भइरहको प्रशासन स्रोतले बताएको छ ।

यसका लागि आइतबार नगर कोरोना न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बस्ने र त्यसपश्चात जिल्ला प्रशासन कार्यालयमा छलफल गरेर निर्णय गरिने पोखरा महानगरपालिकाले जनाएको छ ।

कास्कीमा कोरोना संक्रमितको दर बढेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार कास्कीमा संक्रमितको संख्या २८५ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *