पोखरामा थप ५ दिन निषेधाज्ञा
पोखरा, भदौ ७ । कोरोना संक्रमण स्थानिय स्तरमा फैलिँदै गएकाले जिल्ला प्रशासन कार्यालय कास्कीले थप पाँच दिनका लागि निषेधाज्ञा थप गरेको छ । कास्कीमा ३ भदौदेखि जारी निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ १२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । कोरोना कहरको समयमा फ्रन्ट लाईनमा बसेर काम गर्नेहरुमाथी कसैले दुव्र्यवहार गरेमा कडाभन्दा कडा कारबाहि गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बताए ।
बैंक तथा वित्तिय संस्थाको केही शाखा र निमार्ण सामग्रीका पसल सञ्चालन खुकुलो बनाइने निर्णय भएको जानकारी प्राप्त भएको छ ।
निषेधाज्ञा जारी भएपछि जिल्लाभर हिँड्डुलमा कडाइ गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् ।