गाबू झागाडी तदर्थ समिति गठन
स्याङ्गजा जिल्ला विरुवा गाऊ पालिका वडा न.२ (साविक विरुवा अर्चले ३)गाबू झागाडी स्थाई जन्मभूमि भइ आ आफ्नो कार्य शिलशिला वा व्यापार व्यबसायको कारण थाई वा अस्थाई रुपमा पोखरा लेखनाथ महानगरपालिका भित्र वसोवास गर्नु हुने सम्पूर्ण सदस्यहरु भावनात्मक,वैचारिक र सामाजिक रुपमा एकतावद्द भइ गाउ ठाउको विकास,सम्वृद्धि र पहिचान जोगाउनको लागि संस्थागत रुपमै अगाडी बढ्ने भन्ने उदेश्यको साथ पहिलो तथा एतिहाँसिक वृहत भेला सम्पन्न भएको छ। उक्त भेलाद्वारा श्री हुम गुरुङ्गको संयोजकत्त्व रहने गरि ११ सदस्यीय र ८ जना सल्लाहकार समिति सहितको तदर्थ समिति गठन गरेको छ । समितिको कार्यावधि वढीमा १ वर्षको रहने र एक वर्ष भित्रमा साधारण सभा गराई स्थाई समिति गठन गर्ने सर्वसहमतिद्वारा निर्णय गरिएको छ ।
श्री कमल चक्र युवा क्लवका अध्यक्ष हुम गुरुङ्गको संयोजकत्त्वमा आयोजित उक्त भेला वुद्ध चोकको फिंगर विट्स रेष्टुरेन्टमा सम्पन्न भएको थियो । भेलामा गाबू झागाडी स्थाई घर भइ हाल पोखरामा वसोबास गर्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो।